अधुरै बन्यो २४ वर्षदेखिको विश्वकप उपाधिको खडेरी तोड्ने ब्राजिलको सपना « Khabarhub

अधुरै बन्यो २४ वर्षदेखिको विश्वकप उपाधिको खडेरी तोड्ने ब्राजिलको सपना

पीडादायी बन्यो नर्वेसँगको हार


२२ असार २०८३, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


324
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – २४ वर्षदेखिको विश्वकप उपाधि खडेरी तोड्ने लक्ष्यका साथ प्रशिक्षक कार्लो एन्सेलोटीलाई अनुबन्ध गरेको ब्राजिलका लागि नर्वेसँगको २–१ को हार निकै पीडादायी बन्यो ।

विश्वकपमा ब्राजिल युरोपेली टोलीसँग नकआउट चरणमा लगातार छैटौँ पटक पराजित भएको हो । ब्राजिल यसअघि ३६ वर्षअघि (सन् १९९० मा) चिरप्रतिद्वन्द्वी अर्जेन्टिनासँग अन्तिम १६ मा १–० ले पराजित हुँदै क्वार्टरफाइनल पुग्न असफल भएको थियो ।

आइतबार राति मेटलाइफ स्टेडियममा भएको रोमाञ्चक खेलमा पाँच पटकको विजेता ब्राजिललाई २–१ ले स्तब्ध पार्दै नर्वेले इतिहासमै पहिलो पटक क्वार्टरफाइनलको यात्रा तय गरेको हो । पराजयसँगै ब्राजिल सन् १९९० पछि पहिलो पटक विश्वकपको अन्तिम १६ बाटै बाहिरिएको हो ।

खेलको तेस्रो मिनेटमै नर्वेका पाट्रिक बर्गले बललाई जाली चुमाए पनि त्यसअघि अफसाइड भएकाले गोलले मान्यता पाएन । सुरुवाती दबाबपछि ब्राजिलले पेनाल्टीको अवसर पाएको थियो, जहाँ क्रिस्टोफर अजेरले बक्सभित्र माथिअस कुन्हालाई लडाएका थिए । तर, निल्यान्डले उत्कृष्ट बचाउ गरे । त्यसपछि पनि निल्यान्डले भिनिसियस जुनियर र ग्याब्रिएल मार्टिनेलीका प्रहारलाई विफल पार्दै नर्वेको संकट टारेका थिए ।

पहिलो हाफमा खासै प्रभाव जमाउन नसकेका हालान्डले खेलको दोस्रो हाफमा भने आफ्नो जादु देखाए । ६७ औँ मिनेटमा नेयमार मैदान प्रवेश गरेपछि ब्राजिलियन समर्थक उत्साहित देखिए पनि खेलको नतिजा नर्वेको पक्षमा गयो । एन्ड्रियास स्चिएल्डेरुपको क्रसमा हालान्डले सानदार हेड गोल गर्दै नर्वेलाई सुरुवाती अग्रता दिलाएका थिए ।

खेलको ९० औँ मिनेटमा हालान्डले डिबक्सको किनाराबाट उत्कृष्ट प्रहार गर्दै नर्वेको अग्रता दोब्बर बनाए । इन्जुरी समयको दशौँ मिनेटमा क्यासेमिरोलाई कुहिनोले हानेपछि ब्राजिलले खेलको दोस्रो पेनाल्टी पायो, जसलाई नेयमारले गोलमा परिणत गरे पनि नर्वे २–१ ले विजयी भयो ।

प्रकाशित मिति : २२ असार २०८३, सोमबार  ५ : ०५ बजे

हानि–नोक्सानी कोषको निर्णय कार्यान्वयनका लागि नेपालले प्रस्ताव पेस गर्ने

काठमाडौँ- संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी प्रारुप महासन्धिअन्तर्गतको ‘हानि–नोक्सानी सम्बोधन कोष’ले

एक हप्तादेखि बन्द बेनी–दरवाङ सडक सञ्चालन

म्याग्दी- म्याग्दीको पश्चिमी भेगका तीन वटा स्थानीय तहलाई जिल्ला सदरमुकाम

नेपाली यु–१९ महिला क्रिकेट टोलीले दुई अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने

काठमाडौँ- नेपाली ‘यु–१९’ महिला क्रिकेट टोलीले ‘आइसिसी’ महिला ‘टी–२०’ विश्वकपको

दसैँ मनाएर उपत्यका फर्किने बढ्दै

काठमाडौँ- दसैँ मनाउन काठमाडौँ उपत्यकाबाट बाहिरिएका यात्रुहरू धमाधम फर्किन थालेपछि

आणविक सम्झौताबारे म्याक्रोनको भनाइमा अराघचीको आपत्ति

एजेन्सी– इरानका विदेशमन्त्री अब्बास अराघचीले फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनको इरानको