गोल्डेन बुटको रोमाञ्चक भिडन्त : प्रतिस्पर्धामा ७ गोलसहित मेसी, हालान्ड र एम्बाप्पे « Khabarhub

गोल्डेन बुटको रोमाञ्चक भिडन्त : प्रतिस्पर्धामा ७ गोलसहित मेसी, हालान्ड र एम्बाप्पे


२२ असार २०८३, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


381
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – जारी फिफा विश्वकप २०२६ मा सर्वाधिक गोलकर्तालाई प्रदान गरिने ‘गोल्डेन बुट’ को दौड निकै रोमाञ्चक मोडमा पुगेको छ।

प्रतियोगिताका तीन स्टार फरवार्ड फ्रान्सका किलियन एम्बाप्पे, नर्वेका एर्लिङ हालान्ड र अर्जेन्टिनाका लियोनेल मेसीले समान ७ गोलसहित शीर्ष स्थानमा रहेका छन्।

भर्खरै सम्पन्न उप-क्वार्टरफाइनल (अन्तिम १६) को खेलमा नर्वेका हालान्डले ब्राजिलविरुद्ध दुई गोल गरेपछि उनले मेस्सी र एम्बाप्पेको संख्यासँग बराबरी गरेका हुन्।

विश्वकपको ट्रफीसँगै व्यक्तिगत विधा तर्फको यो प्रतिष्ठित अवार्ड जित्नका लागि यी तीन खेलाडीबीच आगामी खेलमा कडा प्रतिस्पर्धा हुने देखिएको छ।

एमबाप्पेले ५ खेल खेल्दै ७ गोल र २ असिस्ट गरेका छन् । अर्जेन्टिनी कप्तान मेसीले भने ४ खेलमै ७ गोल गरिसकेका छन् । नर्वेका अर्लिङ हालान्डले चार खेलमा ७ गोल गरेका हुन् ।

मेसी, हालान्ड र एम्बाप्पेले समान सातसात गोल गरेका हुन् । मेसीले एक खेल कम खेल्दै सात गोल पुर्याउँदा हालान्ड र एम्बाप्पेले एक खेल बढी खेलेका छन्।

यस्तै ५ गोल गरेका ह्यारी केन दोस्रो स्थानमा छन् । सूचीको पाँचौँ स्थानमा फ्रान्सका ओसमान डेम्बेले, स्पेनका मिकेल ओयारजाबाल, ब्राजिलका भिनिसियस जुनियर र सेनेगलका इस्माइला सार रहेका छन् । उनीहरू सबैले समान ४-४ गोल गरेका छन् ।

प्रकाशित मिति : २२ असार २०८३, सोमबार  ५ : ४५ बजे

हानि–नोक्सानी कोषको निर्णय कार्यान्वयनका लागि नेपालले प्रस्ताव पेस गर्ने

काठमाडौँ- संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी प्रारुप महासन्धिअन्तर्गतको ‘हानि–नोक्सानी सम्बोधन कोष’ले

एक हप्तादेखि बन्द बेनी–दरवाङ सडक सञ्चालन

म्याग्दी- म्याग्दीको पश्चिमी भेगका तीन वटा स्थानीय तहलाई जिल्ला सदरमुकाम

नेपाली यु–१९ महिला क्रिकेट टोलीले दुई अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने

काठमाडौँ- नेपाली ‘यु–१९’ महिला क्रिकेट टोलीले ‘आइसिसी’ महिला ‘टी–२०’ विश्वकपको

दसैँ मनाएर उपत्यका फर्किने बढ्दै

काठमाडौँ- दसैँ मनाउन काठमाडौँ उपत्यकाबाट बाहिरिएका यात्रुहरू धमाधम फर्किन थालेपछि

आणविक सम्झौताबारे म्याक्रोनको भनाइमा अराघचीको आपत्ति

एजेन्सी– इरानका विदेशमन्त्री अब्बास अराघचीले फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनको इरानको