गोल्डेन बुटको रोमाञ्चक भिडन्त : प्रतिस्पर्धामा ७ गोलसहित मेसी, हालान्ड र एम्बाप्पे « Khabarhub

गोल्डेन बुटको रोमाञ्चक भिडन्त : प्रतिस्पर्धामा ७ गोलसहित मेसी, हालान्ड र एम्बाप्पे


२२ असार २०८३, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


381
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – जारी फिफा विश्वकप २०२६ मा सर्वाधिक गोलकर्तालाई प्रदान गरिने ‘गोल्डेन बुट’ को दौड निकै रोमाञ्चक मोडमा पुगेको छ।

प्रतियोगिताका तीन स्टार फरवार्ड फ्रान्सका किलियन एम्बाप्पे, नर्वेका एर्लिङ हालान्ड र अर्जेन्टिनाका लियोनेल मेसीले समान ७ गोलसहित शीर्ष स्थानमा रहेका छन्।

भर्खरै सम्पन्न उप-क्वार्टरफाइनल (अन्तिम १६) को खेलमा नर्वेका हालान्डले ब्राजिलविरुद्ध दुई गोल गरेपछि उनले मेस्सी र एम्बाप्पेको संख्यासँग बराबरी गरेका हुन्।

विश्वकपको ट्रफीसँगै व्यक्तिगत विधा तर्फको यो प्रतिष्ठित अवार्ड जित्नका लागि यी तीन खेलाडीबीच आगामी खेलमा कडा प्रतिस्पर्धा हुने देखिएको छ।

एमबाप्पेले ५ खेल खेल्दै ७ गोल र २ असिस्ट गरेका छन् । अर्जेन्टिनी कप्तान मेसीले भने ४ खेलमै ७ गोल गरिसकेका छन् । नर्वेका अर्लिङ हालान्डले चार खेलमा ७ गोल गरेका हुन् ।

मेसी, हालान्ड र एम्बाप्पेले समान सातसात गोल गरेका हुन् । मेसीले एक खेल कम खेल्दै सात गोल पुर्याउँदा हालान्ड र एम्बाप्पेले एक खेल बढी खेलेका छन्।

यस्तै ५ गोल गरेका ह्यारी केन दोस्रो स्थानमा छन् । सूचीको पाँचौँ स्थानमा फ्रान्सका ओसमान डेम्बेले, स्पेनका मिकेल ओयारजाबाल, ब्राजिलका भिनिसियस जुनियर र सेनेगलका इस्माइला सार रहेका छन् । उनीहरू सबैले समान ४-४ गोल गरेका छन् ।

प्रकाशित मिति : २२ असार २०८३, सोमबार  ५ : ४५ बजे

रेविज सङ्क्रमणबाट पाँचथरमा ३६ पशुचौपाया मरे

पाँचथर – रेबिज रोगको सङ्क्रमणबाट पाँचथरमा ३६ वटा पशुचौपाया मरेका

महाकाली अस्पतालमा जनशक्ति र उपकरण अभाव, मिर्गौलाका बिरामीलाई उपचारमा समस्या

कञ्चनपुर – कञ्चनपुरस्थित महाकाली प्रादेशिक अस्पतालमा आवश्यक जनशक्ति र उपकरण

हुलाकी सडक कालोपत्र गर्न निकुञ्ज क्षेत्रका एक हजार बढी रूख काट्नुपर्ने

चितवन – भरतपुरबाट माडी हुँदै ठोरीतर्फ जाने सडकमा पर्ने चितवन

सांसदहरूले आफूले बोल्ने हरेक शब्द र निर्णयप्रति गम्भीर हुनुपर्छ : गगन थापा

काठमाडौं – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले संसद्मा पुगेपछि सांसदहरूले

रातमा झलमल्ल बालकुमारी–बल्खु सडक (तस्बिरहरू)

काठमाडाैं – काठमाडौंको चक्रपथअन्तर्गत ललितपुर महानगरपालिकामा पर्ने बालकुमारी पुलदेखि बल्खुसम्मको