सबरीमाला मन्दिरमा महिलाको प्रवेश अधिकारबारे अदालती निर्णयको ‘पुनरावलोकन गरिने’ « Khabarhub

सबरीमाला मन्दिरमा महिलाको प्रवेश अधिकारबारे अदालती निर्णयको ‘पुनरावलोकन गरिने’


२९ कार्तिक २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारतको सर्वोच्च अदालतले रजस्वलाको उमेर भएका महिलाहरूलाई दक्षिण भारतको एउटा हिन्दू मन्दिरमा प्रवेश दिलाउने आफ्नो फैसलालाई पुनरावलोकन गर्न सहमति जनाएको छ।

पाँचजना न्यायाधीश रहेको एउटा इजलासले गतवर्ष एउटा फैसला सुनाउँदै सबरीमाला मन्दिरमा महिलाहरूलाई प्रवेश नदिने व्यवस्था विभेदकारी भएको बताएको थियो।

यो मन्दिर रहेको दक्षिण भारतीय राज्य केरलामा त्यसले ठूला प्रदर्शनहरू निम्त्याएको थियो। मन्दिरमा प्रवेश गर्न खोज्ने महिलाहरूलाई रोक्नुका साथै र अपहेलित गर्ने काम समेत गरिएको बीबीसीले उल्लेख गरेको छ ।

अहिलेको कदमले मन्दिर प्रवेशका निम्ति लडेका महिलाहरूलाई क्रुद्ध पार्ने ठानिएको छ। हिन्दू धर्मले रजस्वला भएको बेला महिलाहरूलाई अशुद्ध मान्दछ र यस्तो समयमा उनीहरूलाई धार्मिक क्रियाकलापमा भाग लिनबाट रोक्दछ।

सो मन्दिरमा रजस्वला हुने उमेर भएका १० देखि ५० वर्षका महिलालाई प्रवेश गर्न दिइँदैनथ्यो। मन्दिर सञ्चालन गर्ने एकजना अधिकारीले चाहिँ अदालतको आदेशको स्वागत गर्दै महिलाहरूलाई त्यहाँ नआउन भनेका छन्।

गत वर्ष अदालको फैसला आएपछि पनि आक्रोशित प्रदर्शनकारीहरूको भिडले महिला धर्मावलम्बीहरूमाथि बल प्रयोग गरेका थिए जसका कारण थुप्रै महिलाहरू त्यहाँबाट फर्किएका थिए ।

मन्दिरतर्फ जाने गाडीहरूमा रजत्वला हुने उमेरका महिलाहरू छन् कि छैनन् भनेर ती आक्रोशित मानिसहरूले जाँच गरेका थिए।

प्रकाशित मिति : २९ कार्तिक २०७६, शुक्रबार  ७ : ३२ बजे

बढी धुवाँ फाल्ने सवारीसाधनका चालक कारबाहीमा

काठमाडौं – ट्राफिक प्रहरीले मापदण्डभन्दा बढी धुवाँ फाल्ने ४० सवारीसाधनका

१३ क्षेत्रमा अझै पुगन कांग्रेस सदस्यता फारम

काठमाडौं- मंसिर २९ भित्रै क्रियाशील सदस्यता बाँडिसकेर पालिकामा सिफारिस गरिसक्नुपर्ने

छुटेकाको सदस्यता नवीकरणबारे कांग्रेसको यस्तो ‘अफर’

काठमाडौं- नेपाली कांग्रेसको सदस्यता व्यवस्थापन समितिले १४औँ महाधिवेशनमा छुटेका क्रियाशील

पूर्वप्रधानमन्त्री खनाल र चिनियाँ राजदूतबीच भेटवार्ता

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टीका नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल

तीन महिना लामो उपचारपछि स्वदेश फर्कँदै झलनाथ पत्नी चित्रकार

काठमाडौं – पूर्वप्रधानमन्त्री झलनाथ खनालकी धर्मपत्नी प्राध्यापक रविलक्ष्मी चित्रकार भारतको