अस्ट्रेलिया–फिजीबीच रक्षा सम्झौता, दक्षिण प्रशान्तमा सुरक्षा सहकार्य सुदृढ हुने « Khabarhub

अस्ट्रेलिया–फिजीबीच रक्षा सम्झौता, दक्षिण प्रशान्तमा सुरक्षा सहकार्य सुदृढ हुने


२२ असार २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

सुभा– अस्ट्रेलिया र फिजीले दक्षिण प्रशान्त क्षेत्रमा सुरक्षा सहकार्य थप सुदृढ गर्ने उद्देश्यका साथ सोमबार नयाँ रक्षा सम्झौतामा हस्ताक्षर गरेका छन् । चीनको बढ्दो क्षेत्रीय प्रभावको पृष्ठभूमिमा यस सम्झौतालाई रणनीतिक रूपमा महत्त्वपूर्ण मानिएको छ।

‘ओसन अफ पिस’ नाम दिइएको उक्त सम्झौताअनुसार फिजी अस्ट्रेलियाका सीमित रक्षा साझेदार राष्ट्रहरूको सूचीमा समावेश भएको छ। सम्झौताले दुवै देशबीच पारस्परिक रक्षा तथा सुरक्षा सहकार्य विस्तार गर्ने आधार तयार गरेको छ।

सन् २०२२ मा चीनले सोलोमन टापुसँग सुरक्षा सम्झौता गरेपछि दक्षिण प्रशान्त क्षेत्रमा बेइजिङको सम्भावित सैन्य उपस्थितिबारे अन्तर्राष्ट्रिय चासो बढेको थियो। त्यसयता अस्ट्रेलियाले पपुवा न्यू गिनी, भानुआटु र टुभालुसँग पनि सुरक्षा तथा रक्षा सहकार्यसम्बन्धी विभिन्न सम्झौताहरू गर्दै आएको छ।

अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले फिजीको राजधानी सुभामा फिजीका प्रधानमन्त्री सिटिभेनी राबुकासँग उक्त सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

अस्ट्रेलियाको विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा यो सम्झौताले शान्त, समृद्ध र सुरक्षित दक्षिण प्रशान्त क्षेत्र निर्माण गर्ने दुवै देशको साझा प्रतिबद्धतालाई थप बलियो बनाउने उल्लेख गरिएको छ।

प्रकाशित मिति : २२ असार २०८३, सोमबार  २ : २४ बजे

स्वाद मात्र होइन, खाना नेपाली संस्कृति पनि हो : वरिष्ठ सेफ केसी

काठमाडौँ- खाना जिब्रोको स्वादका लागि मात्र नभएर शारीरिक स्वास्थ्यका लागि

गण्डकीमा सघन उपचारका लागि २५ शय्या थप

कास्की- पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा २५ शय्याको

अमेरिकाले युक्रेनका लागि मिसाइल रोकेको जेलेन्स्कीको आरोप

किएभ– युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले अमेरिकाले युक्रेनका लागि स्वीकृत इन्टरसेप्टर

विज्ञान र नवप्रवर्तनलाई प्राथमिकता, १६५ कानून निर्माणको लक्ष्य

नारायणगढ– विज्ञान, प्रविधि तथा नवप्रवर्तनको विकास र मुलुकको समृद्धिका लागि

मोटरसाइकल दुर्घटनामा १६ वर्षीय किशोरको मृत्यु

सर्लाही– बागमती नगरपालिका–१२ बथनियास्थित भित्री सडकमा मोटरसाइकल दुर्घटना हुँदा १६