कोशी प्रदेशको स्वास्थ्य सचिवमा डा. कीर्तिपाल सुवेदी नियुक्त « Khabarhub

कोशी प्रदेशको स्वास्थ्य सचिवमा डा. कीर्तिपाल सुवेदी नियुक्त


२२ असार २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कोशी प्रदेशको स्वास्थ्य सचिवमा डा. कीर्तिपाल सुवेदी नियुक्त भएका छन् । 

गत बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले डा. सुवेदीलाई कोशीको स्वास्थ्य सचिवको जिम्मेवारी दिएको हो । उनी हाल राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा कार्यरत ११ औँ तहका वरिष्ठ स्वास्थ्य अधिकारी हुन् । 

डा.सुवेदी त्यसअघि भेरी अस्पतालमा कार्यरत थिए । यसअघिको कोशीको स्वास्थ्य सचिव रहेका डा. यदुचन्द्र घिमिरे भने स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमा सरुवा भएका छन् । 

यस्तै, आयुर्वेद समूहका रामआधार यादवलाई पनि स्वास्थ्य तथा खाद्य मन्त्रालयमा तानिएको छ । यसअघि उनी मधेश प्रदेशमा थिए ।

प्रकाशित मिति : २२ असार २०८३, सोमबार  ३ : २६ बजे

गण्डकीमा सघन उपचारका लागि २५ शय्या थप

कास्की- पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा २५ शय्याको

अमेरिकाले युक्रेनका लागि मिसाइल रोकेको जेलेन्स्कीको आरोप

किएभ– युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले अमेरिकाले युक्रेनका लागि स्वीकृत इन्टरसेप्टर

विज्ञान र नवप्रवर्तनलाई प्राथमिकता, १६५ कानून निर्माणको लक्ष्य

नारायणगढ– विज्ञान, प्रविधि तथा नवप्रवर्तनको विकास र मुलुकको समृद्धिका लागि

मोटरसाइकल दुर्घटनामा १६ वर्षीय किशोरको मृत्यु

सर्लाही– बागमती नगरपालिका–१२ बथनियास्थित भित्री सडकमा मोटरसाइकल दुर्घटना हुँदा १६

विपद्का २४ घटनामा एक जनाको मृत्यु, ११ जना घाइते

काठमाडौँ– बितेका २४ घण्टामा भएका २४ वटा विपद्का घटनामा एक