अर्जेन्टिनाविरुद्ध इजिप्टको अग्रता, पेनाल्टीमा फेरि चुके मेसी « Khabarhub

अर्जेन्टिनाविरुद्ध इजिप्टको अग्रता, पेनाल्टीमा फेरि चुके मेसी


२३ असार २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


378
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ । फिफा विश्वकप २०२६ को अन्तिम १६ अन्तर्गत अहिले भइरहेको खेलमा इजिप्टले साविक विजेता अर्जेन्टिनाविरुद्ध गोलबाट सुरुवात गरेको छ ।

अमेरिकाको एटलान्टा स्टेडियममा खेलको १५ औँ मिनेटमा गोल गर्दै इजिप्टले १–० को अग्रता लिएको हो।

इजिप्टका लागि यासेर इब्राहिमले खेलको १५ औँ मिनेटमा उत्कृष्ट हेड गोल गर्दै टोलीलाई अग्रता दिलाएका हुन्।

उनलाई मरवान अतियाले गोलका लागि सुन्दर पास ९असिस्ट० उपलब्ध गराएका थिए। खेलको सुरुवातदेखि नै अर्जेन्टिनामाथि हाबी देखिएको इजिप्टले उच्च आत्मविश्वासका साथ आक्रामक फुटबल पस्किएको छ।

त्यस्तै अर्जेन्टिनाले बराबरी बनाउने मौका गुमाएको छ । अर्जेन्टिनी खेलाडीलाई डिबक्सभित्र लडाएपछि पेनाल्टी पाएको थियो । तर कप्तान लियोनल मेसीले गोल गर्न सफल भएनन् । इजिप्टका किप्परले मेसीको प्रहारलाई सहजै रोकिदिए ।

प्रकाशित मिति : २३ असार २०८३, मंगलबार  १० : १५ बजे

भोटेकोशी बाढीः २६१ पर्यटकको उद्धार, ३२० अझै सम्पर्कविहीन

काठमाडौँ – रसुवाको भोटेकोशीमा गएको बाढीमा परेर हराएका विभिन्न देशका

रसुवामा पुनः बाढी आएपछि नारायणगढ-मुग्लिन, पोखरा र काठमाडौँ सडक पूर्ण बन्द

काठमाडौँ – रसुवा क्षेत्रमा पुनः बाढी तथा पहिरो आएपछि चितवन

भोटेकोशीमा फेरि बाढी : रसुवा, नुवाकोट र धादिङमा सतर्कता अपनाउन अपिल

काठमाडौँ – रसुवास्थित भोटेकोशी नदीमा फेरि बाढीको बहाव एक्कासि बढेको

आज २०८३ साल भदौ १४ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ १४ गते आइतबार सन् २०२६

फ्लड लाइटको उज्यालोमा रातभर चल्दैछ त्रिशूली–३ ‘ए’मा फसेकाको उद्धार प्रयास

रसुवा – प्रतिकूल मौसम र रातको अँध्यारोका बीच बाढीका कारण