अर्जेन्टिनाविरुद्ध इजिप्टको अग्रता, पेनाल्टीमा फेरि चुके मेसी « Khabarhub

अर्जेन्टिनाविरुद्ध इजिप्टको अग्रता, पेनाल्टीमा फेरि चुके मेसी


२३ असार २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


378
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ । फिफा विश्वकप २०२६ को अन्तिम १६ अन्तर्गत अहिले भइरहेको खेलमा इजिप्टले साविक विजेता अर्जेन्टिनाविरुद्ध गोलबाट सुरुवात गरेको छ ।

अमेरिकाको एटलान्टा स्टेडियममा खेलको १५ औँ मिनेटमा गोल गर्दै इजिप्टले १–० को अग्रता लिएको हो।

इजिप्टका लागि यासेर इब्राहिमले खेलको १५ औँ मिनेटमा उत्कृष्ट हेड गोल गर्दै टोलीलाई अग्रता दिलाएका हुन्।

उनलाई मरवान अतियाले गोलका लागि सुन्दर पास ९असिस्ट० उपलब्ध गराएका थिए। खेलको सुरुवातदेखि नै अर्जेन्टिनामाथि हाबी देखिएको इजिप्टले उच्च आत्मविश्वासका साथ आक्रामक फुटबल पस्किएको छ।

त्यस्तै अर्जेन्टिनाले बराबरी बनाउने मौका गुमाएको छ । अर्जेन्टिनी खेलाडीलाई डिबक्सभित्र लडाएपछि पेनाल्टी पाएको थियो । तर कप्तान लियोनल मेसीले गोल गर्न सफल भएनन् । इजिप्टका किप्परले मेसीको प्रहारलाई सहजै रोकिदिए ।

प्रकाशित मिति : २३ असार २०८३, मंगलबार  १० : १५ बजे

घटस्थापनादेखि पाँच लाख ७६ हजारभन्दा बढीले छाडे काठमाडौँ उपत्यका

काठमाडौँ– बडादसैँ मनाउन घटस्थापनादेखि आजसम्म पाँच लाख ७६ हजार ५७८

दसैँको अवसरमा शीतल निवासमा कन्या पूजा, राष्ट्रपतिले दिए उपहार

काठमाडौँ ‍- राष्ट्रपति रामचन्द्र पौडेलले बडा दसैँ २०८३ का अवसरमा

विपद्को बाहानामा ठूला जलाशययुक्त परियोजना रोक्नु हुँदैन : डा. बाबुराम भट्टराई

काठमाडौँ – पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम

क्रिकेटमा प्रविधिको फड्को : एनपीएलको तेस्रो संस्करणमा डिआरएस लागू हुने

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) मा पहिलो पटक डिआरएस