पूर्वाधार विकाससहित चारवटा समितिको बैठक बस्दै « Khabarhub

पूर्वाधार विकाससहित चारवटा समितिको बैठक बस्दै


२४ असार २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत रहेका चारवटा समितिको बैठक आज बस्दैछ । आज पूर्वाधार विकास समिति, अर्थ समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति र कानून, न्याय तथा मानवअधिकार समितिको बैठक बस्न लागेको हो ।

पूर्वाधार विकास समितिको बैठक बिहान ८ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा मुलुकभरको खानेपानी व्यवस्थापन सम्बन्धमा छलफल गर्ने कार्यसूची रहेको छ ।

यस्तै, अर्थ समितिको बैठक बिहान साढे ८ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा आर्थिक वर्ष २०८३–०८४ को मौद्रिक नीतिले समेट्नुपर्ने सुझावहरु, समितिको स्थलगत अनुगमन तथा समितिमा प्राप्त गुनासोका सम्बन्धमा छलफल गर्ने कार्यक्रम छ ।

यसैगरी, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बिहान साढे ८ बजे समितिको बैठककक्ष सिंहदरबारमा बस्नेछ ।

बैठकमा राष्ट्रिय, विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१ का सम्बन्धमा छलफल हुनेछ । बैठकमा विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री, मन्त्रालयका सचिव, कानून, न्याय तथा संसदीय मामिला मन्त्रलयका सचिव, प्रयोगशालाका कार्यकारी निर्देशक तथा विषय विज्ञ डा. गोपाल चौधरीलाई आमन्त्रण गरिएको छ ।

प्रकाशित मिति : २४ असार २०८३, बुधबार  ७ : ५४ बजे

घटस्थापनादेखि पाँच लाख ७६ हजारभन्दा बढीले छाडे काठमाडौँ उपत्यका

काठमाडौँ– बडादसैँ मनाउन घटस्थापनादेखि आजसम्म पाँच लाख ७६ हजार ५७८

दसैँको अवसरमा शीतल निवासमा कन्या पूजा, राष्ट्रपतिले दिए उपहार

काठमाडौँ ‍- राष्ट्रपति रामचन्द्र पौडेलले बडा दसैँ २०८३ का अवसरमा

विपद्को बाहानामा ठूला जलाशययुक्त परियोजना रोक्नु हुँदैन : डा. बाबुराम भट्टराई

काठमाडौँ – पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम

क्रिकेटमा प्रविधिको फड्को : एनपीएलको तेस्रो संस्करणमा डिआरएस लागू हुने

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) मा पहिलो पटक डिआरएस