तपाईको बालबालिकामा औंला चुस्ने बानी छ ? यस्तो छ असर | Khabarhub Khabarhub

तपाईको बालबालिकामा औंला चुस्ने बानी छ ? यस्तो छ असर


२९ कार्तिक २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तपाईको बालबालिकामा औंला चुस्ने बानी छ ? यदी यस्तो बानी छ भने तुरुन्त परीवर्तन गर्न सिकाउनुस् । किनकी बाल्यअवस्थामा औंला चुस्ने बानीले बालबालिकाको दाँतको विकास राम्रोसँग हुँन दिदैन ।

औंला चुस्ने बानीले गर्दा बालबालिकाको अगाडीको दाँतमा खाली ठाउँ अर्थात दातहरु मिलेको हुँदैन । बाल्यअवस्थामा औंला चुस्ने बानीले गर्दा वयश्क भएपछि दाँतहरुको बीचमा खालीभाग प्रष्ट देखिन्छ ।

दाँतको विकास हुने समयमा बालबालिकाहरु औंला चुसेर बस्दा गिजामा दवाव गर्छ । जसले गर्दा दाँतको विकास स्वतन्त्र रुपमा हुन पाउँदैन । त्यसले गर्दा दाँतको बीचमा खाली भाग रहन्छ ।

बाल्यअवस्थामा यो विषयमा ख्याल नभएपनि वयश्क हुँदा प्रष्ट देखिने हुँनाले कतिले दन्त चिकित्सकको पुगेर दाँतलाई पछि मिलाउने समेत गर्छन् ।  तपाई कतिले यस्तो समस्या भोग्नुभएको होला । त्यसैले तपाईलाई परेको समस्या तपाईका बालबालिकालाई भोग्न नदिन सानैमा औंला चुस्ने बानी परिवर्तन गर्न लगाउनुपर्छ ।

औंला चुस्ने बानीले दाँतलाई मात्र होइन बालबालिकाको स्वास्थ्य लाई पनि असर पर्छ । औंलामा भएको रोगका किटाणुहरु सहजै शरीरिभित्र प्रवेश गरी विभिन्नरोगहरु पनि लाग्न सक्ने भएकाले बालबालिकालाई औंला चुस्न दिनु हुँदैन ।

बालबालिकामा औंला चुस्ने बानी छ भने परिवर्तन गराउन किनै गाह्रो हुन्छ । त्यस्तो अवस्थामा अभिभावकले शुरु मा सम्झाउने र सम्झाउदा पनि अटेर गरेमा उनीहरुलाई नम नपर्ने खानेकुरा औंलामा लगाइदिदा उनीहरुमा औंला चुस्ने बानी विस्तारै हट्छ । विशेषगरी आमाको दुध प्रयाप्त मात्रामा पीउन नपाएका बालबालिकामा औंला चुस्ने बानी बस्ने भएकाले आफ्नो बच्चालाई पूर्ण स्तनपान गराउनुपर्छ ।

प्रकाशित मिति : २९ कार्तिक २०७६, शुक्रबार  ५ : ०५ बजे

प्रदेश सरकार जनताका समस्याप्रति संवेदनशील छ : मुख्यमन्त्री यादव

सप्तरी – मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले जनताका समस्याप्रति प्रदेश

जिल्ला कारागार सिरहाको अतिक्रमित जग्गा खाली गराउन माग

सिरहा – सिरहा जिल्ला कारागार कार्यालयको करिब तीन कठ्ठा अतिक्रमण

आजका समाचार : मन्त्रिपरिषद् बैठकदेखि क्रिकेटमा नेपाल पराजितसम्म

संघीय संसद्‍को बजेट अधिवेशन आह्वान सरकारले संसद्को बजेट अधिवेशन आह्वान

मन्त्रिपरिषद् बैठक : संसद् आह्वान, डढेलो निभाउन सबै शक्ति लगाउने

सरकारले सरकारले वैशाख २८ गते बजेट अधिवेशन बोलाउने निर्णय गरेको

सरकारले गरिबी निवारणमा जोड दिनुपर्छ : ओली

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सरकारले