खुलामञ्चमा बनाइएका टहरामा काठमाडौं महानगरले लगायो ताला | Khabarhub Khabarhub

खुलामञ्चमा बनाइएका टहरामा काठमाडौं महानगरले लगायो ताला


२९ कार्तिक २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौंको खुल्लामञ्चस्थित दुईमाजु गुठीमा पसल राख्न बनाइएका अस्थायी टहरामा काठमाडौं महानगरपालिकाले ताला लगाएको छ ।

पटकपटक अतिक्रमणको चपेटामा पर्दै आइरहेको खुल्लामञ्चभित्रको दुईमाजु गुठीको जग्गा गुठी संस्थानले अमृता भट्टराईलाई संरक्षण तथा रेखदेखका लागि दिएको थियो । तर भट्टराईले रेखदेख गर्ने बहानामा १७ वटा अस्थायी टहरा बनाइ गुठी परिसरलाई व्यापारिक केन्द्र बनाएसँगै स्थानीय तथा सम्पदा अभियान्ताले विरोध गरेका थिए । त्यससँगै गुठी संस्थानले उक्त सम्झौता भंग गरिसकेको छ ।

यसअघि गत कार्तिक ६ गते काठमाडौं महानगरले दईमाजु गुठीका जग्गा खाली गर्नका लागि अनुरोध समेत गरेको थियो ।

‘महानगरले दुईमाजु परिसरलाई व्यापारीक केन्द्र नबनाउन यसअघि पनि सुझाव दिइसकेको थियो,’ काठमाडौं महानगरपालिकाकी उपप्रमुख हरिप्रभा खड्गीले भनिन्, ‘व्यापारीहरु हट्न नमानेपछि आज जबरजस्त ताला लगाएको हो’ ।

खड्गीले विभिन्न बहानामा टुँडिखेलका जग्गाहरु अतिक्रमणको चपेटामा परिरहेको बताइन् । ‘हामीले खुल्ला स्थानको संरक्षण गर्नुपर्छ, यो हाम्रो दायित्व पनि हो,’ उनले भनिन्, ‘आज दुईमाजु खाली गर्‍यौं । आगामी दिनमा टुँडिखेल पुरै खाली गरिनेछ ।’

प्रकाशित मिति : २९ कार्तिक २०७६, शुक्रबार  २ : ४६ बजे

नेपालको वैदेशिक व्यापार बढ्यो, ११ महिनामा साढे १६ खर्बको आयात, निर्यात ७७ प्रतिशतले वृद्धि

काठमाडौं– चालु आर्थिक वर्षमा गत आर्थिक वर्षको तुलनामा नेपालको समग्र

पूर्वाधार क्षेत्रमा विनियोजित बजेट न्यायसङ्गत भएन : सांसद बस्नेत

काठमाडौं–  प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) का सांसद शक्तिबहादुर

‘सङ्घीयताबाट माओवादी पनि पछि हटेजस्तो छ’

काठमाडौँ – नेपालको संविधान ०७२ जारी भएपछि भएका दुईवटा आवधिक

रास्वपाले बहिष्कार गर्‍यो संसद् बैठक (तस्बिरहरू)

काठमाडौं– प्रतिपक्षी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभा बैठक बहिष्कार

बेँसीसहर–चामे सडक अवरुद्ध

लमजुङ– मनाङ र लमजुङ जोड्ने एकमात्र बेँसीसहर–चामे सडक पहिरो खस्दा