सांसद महरले संसद्‌मै लगाए ‘यो सरकार मुर्दावाद’ को नारा « Khabarhub

सांसद महरले संसद्‌मै लगाए ‘यो सरकार मुर्दावाद’ को नारा


२६ असार २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेका सांसद् ऐन महरले आत्मदाह प्रयासपछि उपचारका क्रममा निधन भएका मुगुका २५ वर्षीय गणेश नेपालीको घटनाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै सरकार र काठमाडौं महानगरपालिकाको आलोचना गरेका छन् ।

प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले वीर अस्पतालमा गणेश नेपालीका आफन्त, मानवअधिकारकर्मी तथा सर्वसाधारण आक्रोशित अवस्थामा रहेको बताए । परिवारलाई उपचारकै क्रममा भेट्न नदिएको र निधनपछि पनि शव तत्काल जिम्मा नलगाइएको भन्दै उनले असन्तुष्टि जनाए ।

सांसद शाहीले अस्पतालमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको उल्लेख गर्दै सरकारले घटनालाई संवेदनशील रूपमा व्यवस्थापन गर्न नसकेको आरोप लगाए।

उनले नागरिकलाई आत्मदाह गर्नुपर्ने अवस्थासम्म पुग्न बाध्य बनाउने परिस्थिति सिर्जना हुनुमा राज्य जिम्मेवार रहेको दाबी गरे । पछिल्लो समय सुकुम्बासीदेखि सर्वसाधारणसम्म विभिन्न वर्गका नागरिक निराशा र अन्यायका कारण चरम कदम चाल्न बाध्य भएको उनको भनाइ थियो।

सांसदले योगमाया न्यौपानेको जलसमाधीको प्रसंग उल्लेख गर्दै यस्ता घटनाले राज्यलाई गम्भीर राजनीतिक र नैतिक जिम्मेवारी बहन गर्नुपर्ने अवस्था सिर्जना गर्ने चेतावनी दिए।

उनले गणेश नेपालीको मृत्युको जिम्मेवारी सरकार र काठमाडौं महानगरपालिकाले लिनुपर्ने दाबी गर्दै घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग गरे ।

आफ्नो सम्बोधनको अन्त्यमा उनले ले सरकार जनताको पक्षमा नभई जनता मार्ने खेलमा लागेको भन्दै आक्रोशित मुद्रामा नाराबाजी समेत गरे । उनले ‘यो सरकार मुर्दावाद’ भन्दै आफ्नो भनाइ टुङ्ग्याए । 

प्रकाशित मिति : २६ असार २०८३, शुक्रबार  २ : १९ बजे

प्रतिनिधिसभामा समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले समसामयिक विषयमा सदन र सरकारको

मानव-वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि पहल थालेका छौँ : वनमन्त्री चौधरी

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले मानव-वन्यजन्तु द्वन्द्वबाट प्रभावित

संवैधानिक निकायका प्रतिवेदन कार्यान्वयन गर्न सरकार प्रतिबद्ध छ : मन्त्री गौतम

काठमाडौं– कानुन न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले संवैधानिक निकाय

ठगीमा परेका ८३६ नेपालीको उद्धार गरेका छौँ : परराष्ट्र

काठमाडौं– दक्षिण पूर्वी एसियाका विभिन्न मुलुकमा सञ्चालित अनलाइन स्क्यामिङ सेन्टरमा

गणेश नेपालीको मृत्युको जिम्मेवार ‘बालेन सरकार’ भन्दै माइतीघरमा प्रदर्शन (तस्बिरहरू)

काठमाडौं– आत्मदाहको प्रयासपछि उपचारका क्रममा निधन भएका गणेश नेपालीलाई न्याय