गणेश नेपालीको आत्मदाहबारे वीरको प्रष्टीकरण : सक्दो प्रयास गर्‍यौँ, बचाउन सकेनौँ « Khabarhub

गणेश नेपालीको आत्मदाहबारे वीरको प्रष्टीकरण : सक्दो प्रयास गर्‍यौँ, बचाउन सकेनौँ


२६ असार २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि आत्मदाह गरेका गणेश नेपालीको निधनबारे वीर अस्पतालले प्रष्टीकरण दिएको छ । अस्पतालले प्रेस विज्ञप्ति जारी गर्दै मुगु जिल्लाको सोरु गाउँपालिका वडा नं. १ निवासी नेपालीको शुक्रबार बिहान ११:१९ बजे दुःखद निधन भएको जनाएको छ।

अस्पतालका अनुसार शरीरको करिब ५५ प्रतिशत भाग जलेको अत्यन्तै नाजुक र जटिल अवस्थामा उनलाई हिजो वीर अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएको थियो। अस्पतालमा भर्ना भएदेखि नै उनको जीवन रक्षाका लागि विशेषज्ञ टोलीले सघन उपचार कक्ष मा राखी मेकानिकल भेन्टिलेटरको सहयोगमा २४सै घण्टा निरन्तर उपचार गरिरहेको थियो ।

बिरामीको संवेदनशीलतालाई ध्यानमा राख्दै अस्पतालका प्लास्टिक सर्जरी, एनेस्थेसिया र क्रिटिकल केयर विधाका वरिष्ठ विशेषज्ञ चिकित्सकहरू तथा नर्सिङ स्टाफको टोलीले उनको ज्यान बचाउन चिकित्सा विज्ञानले भ्याएसम्मका सबै प्रयास गरेका थिए । उनलाई थप उच्चस्तरीय उपचारका लागि विदेश लैजाने तयारी भइरहेकै अवस्थामा अचानक स्वास्थ्य स्थितिमा गम्भीर आकस्मिक जटिलता उत्पन्न भएको थियो ।

त्यसपछि चिकित्सकहरूले तत्काल आपतकालीन सीपीआर र जीवनरक्षक औषधिहरू प्रदान गरी बचाउने अन्तिम क्षणसम्म अथक प्रयास जारी राखेका थिए । अस्पतालको विशेषज्ञ टोली र राज्य संयन्त्रको तर्फबाट रात-दिन नभनी उपलब्ध सबै प्रविधि, औषधि र विशेषज्ञताको प्रयोग गरी निरन्तर प्रयास गर्दा पनि उनको स्वास्थ्य अवस्थामा सुधार आउन सकेन र उपचारकै क्रममा उनको असामयिक निधन भयो ।

उपलब्ध उच्चतम चिकित्सा सेवा र अथक प्रयासका बावजुद बिरामीलाई बचाउन नसकेकोमा वीर अस्पताल परिवारले पूर्ण रूपमा स्तब्ध भएको जनाएको छ।

प्रकाशित मिति : २६ असार २०८३, शुक्रबार  ३ : २२ बजे

एसीसी प्रिमियर कप फाइनलः युएईविरुद्ध आसिफ शेखले बनाए अर्धशतक

काठमाडौँ – एसीसी प्रिमियर कप एकदिवसीय क्रिकेटको फाइनलमा नेपालका ओपनर

एसीसी प्रिमियर कप फाइनलः युएईविरुद्ध ओपनर आसिफ र अर्जुनले गरे ९७ रनको साझेदारी

काठमाडौँ – एसीसी प्रिमियर कप एकदिवसीय क्रिकेटको फाइनलमा नेपालले शानदार

धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन

धादिङ – भोटेकोशी बाढीले फुर्केखोलाको पुल बगाएपछि धादिङबेसी पुग्ने वैकल्पिक

जङ्गलमा भरुवा बन्दुक, लागुपदार्थसहित महिला पक्राउ

बागलुङ – नियमित गस्तीमा रहेको प्रहरी टोलीले बडिगाड गाउँपालिका–५ दागस्थित

बीपी, अरनिको र कर्णालीसहित मुख्य राजमार्ग अवरुद्ध : कुन सडकको अवस्था के छ ?

काठमाडौँ – लगातारको वर्षा, बाढी तथा पहिरोका कारण बागमती र