व्यवसायी रुप ज्योतीविरुद्ध ठगी मुद्दा नचल्ने « Khabarhub

व्यवसायी रुप ज्योतीविरुद्ध ठगी मुद्दा नचल्ने


२९ कार्तिक २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ठगी अभियोगमा पक्राउ परेका व्यवसायी रुप ज्योतिविरुद्ध मुद्दा चलाउन पर्याप्त आधार नभएको सरकारी वकिलको कार्यालयले अदालतमा राय दिएको छ ।

जिल्ला अदालत सरकारी वकिलको कार्यालय काठमाडौंले रुप ज्योतिविरुद्ध ठगीको मुद्दा चलाउन नमिल्ने राय जिल्ला अदालत काठमाडौंलाई दिएपछि उनीविरुद्ध मुद्दा नचल्ने भएको हो ।

जिल्ला न्यायाधीवक्ता चन्द्रकान्त खनालले मुद्दा नचलाउने निर्णय भएको र प्रहरीलाई जानकारी दिएर हिरासत मुक्त गर्न भनेको बताए ।

प्रहरीले गरेको अनुसन्धानबाट ठगीको मुद्दा चलाउन प्रमाण नपुग्ने भएको भन्दै मुद्दा नचलाउन राय दिइएको जनाइएको छ ।

सरकारी वकिलको कार्यालयले हिरासतमा रहेका व्यवसायी ज्योतिलाई रिहा गर्न समेत महानगरीय प्रहरीलाई लेखेर पठाएको छ ।

प्रकाशित मिति : २९ कार्तिक २०७६, शुक्रबार  ४ : ०७ बजे

चन्द्रागिरिलाई ‘बालश्रम मुक्त स्थानीय तह’ घोषणा गरिँदै

काठमाडौं– चन्द्रागिरि नगरपालिकालाई ‘बालश्रम मुक्त स्थानीय तह’ घोषणा गरिँदै छ

बिलाउनीको झाडी फाँडेर सुन्तला बगान

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–७ दोवाटाका किसानहरूले बिलाउनीको झाडी फाँडेर सुन्तला

भारतमा ट्याङ्कर दुर्घटना भएर बसमा ठोक्किँदा आगलागी : नौ जनाको मृत्यु

काठमाडौं – भारतको कर्नाटकमा बस र ट्याङ्कर दुर्घटनापछि आगलागी हुँदा

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा