म्यान्मामा भीषण बर्षा र विनासकारी बाढीपछि जनजीवन प्रभावित « Khabarhub

म्यान्मामा भीषण बर्षा र विनासकारी बाढीपछि जनजीवन प्रभावित


२७ असार २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

याङ्गुन- म्यान्माको पश्चिमी राखाइन र चिन राज्यमा व्यापक वर्षापछि बाढी आएको छ । जातीय अल्पसंख्यक विद्रोही समूह अराकान आर्मीको मानवीय सेवाले बिहीबार जारी गरेको पछिल्लो तथ्याङ्कअनुसार बाढीमा कम्तीमा तीन जनाको मृत्यु भएको छ।

“विशेष गरी वृद्ध, बिरामी, गर्भवती र निम्न क्षेत्रमा बस्नेहरूलाई सुरक्षित स्थानमा सार्नुपर्दा पानीको स्तर अझ बढे के हुन्छ भन्ने हाम्रो चिन्ता हो,” स्थानीय उद्धारकर्मी बो आउङ थे इनले क्याउकटाव नगरको शे ता ले गाउँबाट एएफपीलाई जानकारी दिए । सन् २०२१ को सैन्य ‘कू’ पछि गृहयुद्धले ग्रस्त म्यान्माले यातायात तथा सञ्चारका धेरै समस्या सामना गरिरहेको छ र संयुक्त राष्ट्रसङ्घका अनुसार जनसङ्ख्याको एक तिहाइभन्दा बढी मानिसले खाद्यान्नको असुरक्षाको महशुस गरिरहेका छन्।

“हाम्रो गाउँमा करिब २०० घर छन्, जसमध्ये एक वा दुईवटा मात्र डुबेका छैनन्। बाँकी सबै डुबेका छन्। सबै धानका खेतहरू पनि डुबेका छन्,” क्याउक क्यात गाउँका ४९ वर्षीय बासिन्दा मे थे इन याइनेले भने ।

“घरमा साना बच्चाहरू छन्। यदि राति पानी अझ बढेर आयो भने हामीसँग आश्रय लिने ठाउँ र भाग्ने कुनै बाटो नै हुँदैन भन्ने डर लागिरहेको छ,” २४ वर्षीया थुजार ब्थभले बताइन् ।

प्रकाशित मिति : २७ असार २०८३, शनिबार  ६ : ५३ बजे

यू–१९ एसिया कप र विश्वकपका लागि नेपालको प्रारम्भिक टोली घोषणा

काठमाडौँ : आसन्न एसिया कप र आउँदो वर्ष आयोजना हुने आइसिसी

विदेश पठाउने भन्दै ठगी गर्ने पाँच जना पक्राउ

काठमाडौँ । प्रहरीले वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न

युक्रेनमा नेटो सेनाको उपस्थिति अस्वीकार्यः क्रेमलिन

काठमाडौँ । युक्रेनमा उत्तर एटलान्टिक सन्धिसङ्गठन (नेटो) सदस्य राष्ट्रका सैनिक

काठमाडौंका विद्यालयदेखि हिमाली गुम्बासम्म इनलाइटको सहयोग

काठमाडौं– नेपालका विभिन्न विद्यालय, स्वास्थ्य केन्द्र, बौद्ध गुम्बा तथा हिमाली

लुम्बिनी सरकारले गर्‍यो प्रदेशसभा अधिवेशन अन्त्य

काठमाडौँ । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ