वैदेशिक रोजगारीबाट फर्किएका आचार्य व्यावसायिक सागसब्जी खेतीमा रमाउँदै « Khabarhub

वैदेशिक रोजगारीबाट फर्किएका आचार्य व्यावसायिक सागसब्जी खेतीमा रमाउँदै


२८ असार २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

इनरुवा– जिल्ला सदरमुकाम इनरुवा–८ का गणेश आचार्य वैदेशिक रोजगारीबाट फर्किएपछि व्यावसायिक सागसब्जी खेतीमार्फत सफल उद्यमीका रूपमा स्थापित भएका छन् ।

मलेसियामा र माल्दिभ्समा आठ वर्ष बिताएका उनले आफ्नै तथा भाडामा लिएको १२ कठ्ठा जग्गामा मौसमी र बेमौसमी सागसब्जी खेतीबाट मनग्गे आम्दानी गर्दै आएका छन् ।

केही वर्षअघिका धान खेतमा उनले काँक्रा, बोडी, करेला, खुर्सानी, भण्टा फलाएका छन् । यसबाट वार्षिक १० देखि १२ लाख रुपैयाँसम्म आम्दानी हुने गरेको छ । 

उनका अनुसार बिउ, मल, जनश्रम तथा अन्य उत्पादन खर्च कटाउँदा कुल आम्दानीको करिब ५० प्रतिशत बचत हुने गरेको छ । उनलाई व्यावसायिक बनाउन कृषि ज्ञान केन्द्रले प्राविधिक सहयोग गर्दै आएको छ । 

ज्ञान केन्द्रबाट भिन्डी र बैगुन खेतीका लागि आवश्यक बिउ, मल, मल्चिङ प्लास्टिक तथा विषादी छर्कने ट्याङ्की लगायतका सामग्री अनुदानमा प्राप्त भएको उनले जानकारी दिए  ।

रोजगारीका लागि युवा पुस्ता विदेशिने क्रम बढेकामा चिन्ता व्यक्त गर्दै उहाँ उपयुक्त जमिन र बजार व्यवस्थापन हुन सके कृषि क्षेत्रबाट पर्याप्त आम्दानी गर्न सकिने  बताउँछन् । खेतबारीमा काम गर्ने मानिस नपाउँदा उनी खिन्न छन् । सागसब्जीको उचित मूल्य नपाएको उनको गुनासो छ । 

कृषि ज्ञान केन्द्रका प्रमुख नीलकमल सिंहका अनुसार सुनसरीमा व्यावसायिक तथा मौसमी रूपमा करिब सात हजार पाँच ५०० हेक्टरमा सागसब्जी खेती हुँदै आएको छ ।
 

प्रकाशित मिति : २८ असार २०८३, आइतबार  १ : ०८ बजे

दसैँ बिदामा पनि चितवन मेडिकल कलेजको विशेषज्ञ सेवा सञ्चालन हुने

नारायणगढ (चितवन)- चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालले दसैँ बिदामा

अटो दुर्घटना हुँदा एक जनाको मृत्यु, सात घाइते

नवलपुर (नवलपरासी)- नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को कावासोती नगरपालिका–६ माझटोलस्थित भित्री सडकखण्डमा अटो

मङ्गलका चन्द्रमाबाट नमूना ल्याउन जापानको मिसन

टोकियो- मङ्गल ग्रहका चन्द्रमामध्ये फोबोसबाट नमूना सङ्कलन गरी पृथ्वीमा फर्काउने

देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु

काठमाडौं- देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु

घोडा दौड प्रतियोगितामा न्यौपाने प्रथम

जुम्ला- घोडा संरक्षण गर्ने उद्देश्यले आयोजित घोडा दौड प्रतियोगितामा छापेद्र