कलाकार दीपाश्रीलाई ब्रेन ट्युमर : नेपालमै गरियो शल्यक्रिया « Khabarhub

कलाकार दीपाश्रीलाई ब्रेन ट्युमर : नेपालमै गरियो शल्यक्रिया


२८ असार २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कलाकार दीपाश्री निरौलालाई ब्रेन ट्युमर भएको छ। उनका साथीसमेत रहेका कलाकार दीपकराज गिरीले उनलाई यो साता ब्रेन ट्युमर भएकव खुलाए ।

चलचित्र सुटिङको बिचमा दीपालाई ब्रेन ट्युमर भएको पत्ता लागेको उनले खुलाएका छन् । उनको माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा शल्यक्रिया गरिएको छ।

‘दीपाजीलाई ब्रेन ट्युमर भएको पत्ता लागेपछि हामी अन्यौलमा पर्‍यौँ, तुरून्त शल्यक्रिया गर्नु पर्ने भयो । धेरै ठाउँबाट भारत जाने सल्लाह पाइयो’, उनले भनेका छन्, ‘तर अन्त्यमा नेपालकै अनुभवी डाक्टर वसन्त पन्तद्वारा शल्यक्रिया गर्ने निर्णय भयो ।’

गिरीले दीपाको ब्रेन ट्युमरको सफल शल्यक्रिया भइसकेको बताएका छन् । ‘शल्यक्रिया सफलतापूर्वक सम्पन्न भयो, हाल उहाँ आईसीयुबाट जनरल वार्डमा आएर स्वास्थ्यलाभ गर्दै हुनुहुन्छ’, उनले भनेका छन्, ‘आशिर्वाद दिने दर्शक तथा शुभचिन्तक, उपचारमा संगलग्न सम्पूर्ण स्वास्थ्यकर्मीलाई धन्यवाद !’

प्रकाशित मिति : २८ असार २०८३, आइतबार  ४ : ०४ बजे

परराष्ट्रमन्त्री खनालसँग नेपालका लागि फ्रान्सका राजदूत पुइगिन्जाको शिष्टाचार भेट

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि फ्रान्सकी नवनियुक्त राजदूत

गैरदलीय निर्वाचन र प्रवासको मतदान अधिकारको मागसहित उज्यालो नेपाल पार्टी निर्वाचन आयोग जाँदै

काठमाडाैँ – उज्यालो नेपाल पार्टीले गैरदलीय स्थानीय निर्वाचनको व्यवस्था गर्न

बाँकेमा कालानमक धानको संरक्षण गरिँदै

बाँके– सुगन्धित र स्वादिलो कालानमक जातको धानको बाँकेमा संरक्षण गर्न

हेटौँडाको बस्ती विकास इतिहासको साक्षी वनदेवी मन्दिर

बागमती– नागस्वतीस्थित वनदेवी मन्दिर हेटौँडाको बस्ती विकाससँग जोडिएको महत्वपूर्ण सम्पदास्थल हो

इजरायलको निर्वाचनमा नेतान्याहुको गठबन्धन अगाडि, बहुमतबाट टाढा

एजेन्सी– इजरायलको आमनिर्वाचनमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको गठबन्धनले अग्रता लिए पनि संसद्मा