नेपाल भारत ‘बी’ सँग २ विकेट पराजित « Khabarhub

नेपाल भारत ‘बी’ सँग २ विकेट पराजित


२९ कार्तिक २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारतमा जारी यू–१९ च्यालेन्जर्स एक दिवसीय क्रिकेट प्रतियोगिताको तेस्रो खेलमा नेपाल २ विकेटले पराजित भएको छ ।

शुक्रबार भएको लिग चरणको अन्तिम खेलमा नेपाल भारतको ‘बी’ टिमसँग पराजित भएको हो । नेपालले दिएको २ सय ११ रनको मध्यम लक्ष्य भारतले ४६ ओभर ३ बलमा ८ विकेट गुमाएर पुरा गरेको हो ।

भारतको जितका दिभ्यनास जोशीले ५४ रनको अर्धशतकीय इनिङ्स खेले । ३७ बल खेलेका उनले आक्रामक ब्याटिङ गर्दै ४ छक्का र ४ चौकाको मद्दतमा ५४ रन बनाए । यस्तै कृतिक कृष्ण शेट्टिले ३९, हर्ष राजेस जम्वालले २९, सागर सुरेन्द्र कुमार दहियाले २८, आथर्भा बिनोदले १२ तथा निर्मल कुमारले अविजित २० रन बनाए ।

नेपालका आकाश चन्दले ४ तथा सागर ढकालले २ विकेट लिए । यस्तै कुशल मल्ल र शेर मल्लले १/१ विकेट हात पारे । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४९ ओभर ५ बलमा अलआउट हुँदै २ सय १० रन बनाएको थियो ।

नेपालका कप्तान रित गौतमले सर्वाधिक ८४ रनको अर्धशतकीय इनिङ्स खेले । ९३ बल खेलेका रितले १२ चौका र १ छक्का प्रहार गरे ।

यस्तै शेर मल्लले ३३, हरिबहादुर चौहानले २०, आकास चन्दले १८ र कुशल मल्लले १२ रन बनाए । भारतका दिभ्यनास जोशीले ३ तथा अथर्भा बिनोद अन्कोलेकरले २ विकेट हात परे । यो हारसँगै अंक तालिकाको पुछारमा रहेको नेपालले तेस्रो स्थानका लागि तालिकाको तेस्रो स्थानमा रहने टिमसँग आइतबार खेल्नेछ ।

यसअघि दुई खेलमा नेपाल भारतको ‘सी’ टिमसंग १० विकेट र भारत ‘ए’ टिमसँग १ सय ७ रनले पराजित भएको थियो ।

प्रकाशित मिति : २९ कार्तिक २०७६, शुक्रबार  ६ : ३५ बजे

कोशी कटान नियन्त्रणमा पहल गर्ने ऊर्जामन्त्रीको प्रतिबद्धता

सुनसरी – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले सप्तकोशी नदीको

साङ्गीतिक भविष्य खोजिरहेका केशव भावुक

खोटाङ – खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका केशव भावुक

पोखराको धार्मिक पर्यटकीय क्षेत्र पुम्दीभुम्दीको प्रवर्द्धन गर्न ‘हाइकिङ’

कास्की – पोखरा महानगरपालिका–२२ मा अवस्थित विशाल महादेवको मूर्तिसहितका धार्मिक

गोरखाको जङ्गलमा पाँच थान भरुवा बन्दुक भेटियो

गोरखा – गोरखाको एक जङ्गलमा पाँच थान भरुवा बन्दुक बेवारिसे

नित्यनाथ मन्दिर पुनर्निर्माण सम्पन्न

काठमाडौं – काठमाडौं महानगरपालिका–८ जयवागेश्वरीस्थित नवालीटोलमा रहेको लिच्छविकालीन नित्यनाथ मन्दिर