मिडिया हाउसका गेटमै बेवारिसे कार, प्रहरीले थाल्यो अनुसन्धान « Khabarhub

मिडिया हाउसका गेटमै बेवारिसे कार, प्रहरीले थाल्यो अनुसन्धान


२९ असार २०८३, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


513
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौंका विभिन्न सञ्चारगृहको कार्यालय प्रवेशद्वारमा बेवारिसे अवस्थामा निजी कार राखिएको घटनापछि प्रहरीले अनुसन्धान थालेको छ।

बुद्धनगरस्थित अनलाइनखबर, हिमालय टेलिभिजन र थापाथलीस्थित कान्तिपुर मिडिया ग्रुपको कार्यालय अगाडि निजी नम्बर प्लेटका कार पार्क गरिएका हुन्।

अनलाइनखबर अगाडि अज्ञात व्यक्तिले कार्यालयको मूल गेटमा कार पार्क गरी छाडेपछि कर्मचारीले अन्य सवारीसाधन कार्यालयभित्र प्रवेश गराउन सकेका छैनन्।

कार पार्क गर्ने व्यक्तिको पनि हालसम्म पहिचान हुन सकेको छैन।

घटनाबारे जानकारी पाएपछि प्रहरी टोली सम्बन्धित स्थानमा पुगेको छ। सबै गाडी हटाउने र घटनाको कारणबारे आवश्यक अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २९ असार २०८३, सोमबार  १२ : ४० बजे

भोटेकोशी बगरमा शव खोज्दै सेना-प्रहरी, आँखामा त्रास र मनमा आशा बोकेर कुर्दैछन् आफन्त

काठमाडौं- बुधबार रसुवाको भोटेकोशी हुँदै त्रिशूलीमा आएको विनाशकारी बाढीले ठूलो

फाइट जितेपछि रवीन्द्रको आग्रह – नेपालमा बाढीले गाह्रो छ, सहयोग गर्नुस्

काठमाडौं – ‘रोड टू यूएफसी सिजन-५’ अन्तर्गत युजिल्यान्डका कासिब मोर्डोचलाई

नेपाल चेम्बरद्वारा प्रहरीलाई १७ वटा ‘सर्भिलेन्स ड्रोन’ हस्तान्तरण

काठमाडौं– नेपाल चेम्बर अफ कमर्सले विपद्बाट प्रभावित नागरिकको उद्धार, राहत तथा

कासिबलाई हराउँदै फाइनलमा रवीन्द्र

काठमाडौं – ‘रोड टू यूएफसी सिजन –५’ अन्तर्गत युजिल्यान्डका कासिब

नर्वेका राजा हेराल्डको निधन, छोरा हाकोनले सम्हाले राजगद्दी

ओस्लो– नर्वेका राजा हेराल्डको ८९ वर्षको उमेरमा शुक्रबार निधन भएको