चोरी भएका ५१ सवारीसाधन सम्बन्धित धनीलाई फिर्ता « Khabarhub

चोरी भएका ५१ सवारीसाधन सम्बन्धित धनीलाई फिर्ता


२९ असार २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले उपत्यकाका विभिन्न स्थानबाट चोरी भई फेला परेका ५१ वटा मोटरसाइकल तथा स्कुटरहरू सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ ।

सोमबार काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा आयोजित एक कार्यक्रमकाबीच काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सुरेश प्रसाद काफ्लेले पछिल्लो एक महिनामा फेला परेका ३५ वटा मोटरसाइकल र १६ वटा स्कुटरहरू सम्बन्धित धनीलाई हस्तान्तरण गरेका हुन् ।  

मोटरसाइकल तथा स्कुटरहरू पार्किङ गरिराखेको अवस्थामा हराउने वा चोरी हुने गरेको पाइएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक नरेश राज सुवेदीले बताए । 

लामो समयसम्म सवारी साधन पार्किङ गरेर छोड्नुपर्ने अवस्था आएमा नजिकैको प्रहरी वा ट्राफिक प्रहरी कार्यालयमा पूर्व जानकारी गराउन उनले सुझाव दिए । 

साथै उनले सवारी साधन चोरी हुनबाट जोगाउन प्रविधिको प्रयोग गर्न एन्टि–लक सिस्टम, अलार्म सिस्टम, जीपीएस ट्र्याकरजस्ता प्रविधिहरू प्रयोग गर्न समेत आग्रह गरे  । 

प्रकाशित मिति : २९ असार २०८३, सोमबार  १ : ०० बजे

राष्ट्रपति पौडेलद्वारा विभिन्न शक्तिपीठमा पूजाआराधना एवं दर्शन

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले शारदीय नवरात्रका अवसरमा काठमाडौँ उपत्यकाका विभिन्न

फ्रान्समा हिंसा : गृहमन्त्रीको राजीनामा अस्वीकार गरेका म्याक्रों खाडीतिर

काठमाडौँ- फ्रान्सका प्रमुख शहरहरूमा हालै भएको व्यापक हिंसात्मक प्रदर्शन, तोडफोड

आरुघाटको बेलीब्रिज निर्माण सम्पन्न, सेनाद्वारा हस्तान्तरण

काठमाडौं- धादिङ र गोरखा जिल्लालाई आपसमा जोड्ने मुख्य सडक सञ्जालमा

एम्बुलेन्सबाट पाँच क्विन्टलभन्दा बढी गाँजा बरामद

सुनसरी- दुहबी नगरपालिका–६ स्थित बूढी खोलाको किनारबाट प्रहरीले पाँच क्विन्टलभन्दा

केन्यामा इबोला सङ्क्रमित आठ पुगे

नैरोबी- केन्यामा इबोला सङ्क्रमितको सङ्ख्या आठ पुगेको छ । स्वास्थ्य