विकास आयोजनाका काममा ढिलासुस्ती स्वीकार्य छैन : मुख्यमन्त्री पाण्डे « Khabarhub

विकास आयोजनाका काममा ढिलासुस्ती स्वीकार्य छैन : मुख्यमन्त्री पाण्डे


२९ असार २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दमौली– गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विकास आयोजना समयमै सम्पन्न गर्नुपर्ने बताएका छन् । 

भानु नगरपालिका–१ र बन्दीपुर गाउँपालिका–४ जोड्ने चुँदी खोलामाथि निर्माण सम्पन्न भएको पुलको आज उद्‌घाटन गर्दै उनले विकास आयोजनामा ढिलासुस्ती स्वीकार्य नहुने बताए। 

प्रदेश सरकारअन्तर्गत पूर्वाधार विकास कार्यालय, तनहुँमार्फत निर्माण सम्पन्न भएको उक्त पुल निर्धारित समयभन्दा करिब सात महिना अगाडि सम्पन्न हुनु विकास निर्माणको क्षेत्रमा सकारात्मक सन्देश भएको बताए। 

‘यो पुल गुणस्तरीय र समयमै विकास आयोजना सम्पन्न गर्न सकिन्छ भन्ने उत्कृष्ट उदाहरण बनेको छ,’ मुख्यमन्त्री पाण्डेले भने, ‘योजना निर्माणमा सबै पक्षको समन्वय र प्रतिबद्धता भए तोकिएको समयअघि नै काम सम्पन्न गर्न सम्भव हुन्छ ।’

भानु नगरपालिकाका प्रमुख आनन्दराज त्रिपाठीले  पुल निर्माण पछि यहाँका जनताको आवागमनमा सुविधा पुग्ने बताए।  
 

प्रकाशित मिति : २९ असार २०८३, सोमबार  २ : १४ बजे

राष्ट्रपति पौडेलद्वारा विभिन्न शक्तिपीठमा पूजाआराधना एवं दर्शन

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले शारदीय नवरात्रका अवसरमा काठमाडौँ उपत्यकाका विभिन्न

फ्रान्समा हिंसा : गृहमन्त्रीको राजीनामा अस्वीकार गरेका म्याक्रों खाडीतिर

काठमाडौँ- फ्रान्सका प्रमुख शहरहरूमा हालै भएको व्यापक हिंसात्मक प्रदर्शन, तोडफोड

आरुघाटको बेलीब्रिज निर्माण सम्पन्न, सेनाद्वारा हस्तान्तरण

काठमाडौं- धादिङ र गोरखा जिल्लालाई आपसमा जोड्ने मुख्य सडक सञ्जालमा

एम्बुलेन्सबाट पाँच क्विन्टलभन्दा बढी गाँजा बरामद

सुनसरी- दुहबी नगरपालिका–६ स्थित बूढी खोलाको किनारबाट प्रहरीले पाँच क्विन्टलभन्दा

केन्यामा इबोला सङ्क्रमित आठ पुगे

नैरोबी- केन्यामा इबोला सङ्क्रमितको सङ्ख्या आठ पुगेको छ । स्वास्थ्य