आदिकविले भाषिक एकतालाई बलियो बनाउनुभयो : सभामुख अर्याल « Khabarhub

आदिकविले भाषिक एकतालाई बलियो बनाउनुभयो : सभामुख अर्याल


२९ असार २०८३, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सभामुख डोलप्रसाद अर्यालले आदिकवि भानुभक्त आचार्य नेपाली भाषा, साहित्य र संस्कृतिका  कवि मात्र नभएर नेपाली आत्माको स्वर भएको बताएका छन् ।
  
आदिकवि भानुभक्त आचार्यको २१३ औँ जन्मजयन्तीका अवसरमा भानु प्रतिष्ठानले आज नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजना गरेको कार्यक्रममा उनले आचार्य राष्ट्रिय विभूति, नेपाली जातीय चेतनाका प्रतीक र जनताका प्रमुख प्रतिनिधि स्रष्टा भएको उल्लेख गरिन् । 

उनले भनिन्, ‘आदिकवि नेपाली चेतनाको आधारशिला र नेपाली भाषाको पहिचान निर्माण गर्ने व्यक्तित्व हुनुहुन्थ्यो । आदिकविका विषयमा खोज अनुसन्धान व्याख्या विश्लेषण र भानु संस्कृति निर्माणमा भानु प्रतिष्ठानको योगदान रहेको छ ।’

 भानुभक्तले रामायणलाई नेपाली भाषामा अनुवाद गरेर आम नेपालीलाई धर्म, दर्शन, नीति र आदर्शको सहज पहुँच उपलब्ध गराउनुभएको सभामुख अर्यालले बताए । 

‘साहित्य केवल विद्वान्का लागि होइन, जनताको हृदयमा बस्ने भाषा हो भनी भानुभक्तले सिद्ध गर्नुभयो, आदिकविको लेखनीले नेपाली भाषालाई घरघरमा पुर्‍यायो, जनजनमा चेतना जगायो, हाम्रो सांस्कृतिक एकतालाई मजबुत बनायो । नेपालभित्र मात्र होइन नेपाल बाहिर रहेका समस्त नेपालीलाई नेपाली भाषाले नै एकताको सूत्रमा बाँध्ने गरेको छ । भानुभक्तले रामायण दिनुभयो । रामायणसहित नेपाली साहित्यले महाकाव्य पायो । त्यही महाकाव्यको क्रम आजसम्म जीवित छ’, उनले भने ।  
  
भानुभक्तलाई आजको दिन सम्झनु मात्र होइन, उनको योगदानलाई आत्मसात् गर्दै नेपाली भाषा र साहित्यलाई अझ समृद्ध बनाउने सङ्कल्प लिनु आवश्यक रहेकामा सभामुख अर्यालले जोड दिए ।

आधुनिक प्रविधि, विश्वव्यापी प्रतिस्पर्धा र बदलिँदो सामाजिक संरचनाबीच नेपाली भाषा, संस्कृति र पहिचानलाई जोगाउनु र उन्नत बनाउनु सबैको सामूहिक जिम्मेवारी भएको उनले बताए।       
     
भानुभक्तले देखाएको मार्ग–सरलता, स्पष्टता, जनतासँगको निकटता आज पनि उत्तिकै सान्दर्भिक रहेको छ । युवापुस्तालाई नेपाली भाषा र साहित्यप्रति आकर्षित गर्नुपर्छ, सिर्जनशीलता र नवप्रवर्तनलाई प्रोत्साहन गर्नुपर्छ र भानुभक्तको आदर्शलाई समयानुकूल रूपान्तरण गर्दै अघि बढ्नुपर्नेमा सभामुख अर्यालको जोड छ ।
   
भानुभक्तको सम्मानमा जे जति गरिन्छन् ती सबै नेपाली राष्ट्रियताका पहरेदार कर्म हुन् र नेपाली मौलिकताका परिचायक हुन् । कार्यक्रममा साहित्यकार महेश्वर शर्मा र डा आना एम स्टिरलाई उनीहरूले नेपाली साहित्य क्षेत्रमा गरेको योगदानका लागि रथारोहण गरी सम्मान गरिएको थियो । 
   
 

प्रकाशित मिति : २९ असार २०८३, सोमबार  २ : २९ बजे

भोटेकोशी बगरमा शव खोज्दै सेना-प्रहरी, आँखामा त्रास र मनमा आशा बोकेर कुर्दैछन् आफन्त

काठमाडौं- बुधबार रसुवाको भोटेकोशी हुँदै त्रिशूलीमा आएको विनाशकारी बाढीले ठूलो

फाइट जितेपछि रवीन्द्रको आग्रह – नेपालमा बाढीले गाह्रो छ, सहयोग गर्नुस्

काठमाडौं – ‘रोड टू यूएफसी सिजन-५’ अन्तर्गत युजिल्यान्डका कासिब मोर्डोचलाई

नेपाल चेम्बरद्वारा प्रहरीलाई १७ वटा ‘सर्भिलेन्स ड्रोन’ हस्तान्तरण

काठमाडौं– नेपाल चेम्बर अफ कमर्सले विपद्बाट प्रभावित नागरिकको उद्धार, राहत तथा

कासिबलाई हराउँदै फाइनलमा रवीन्द्र

काठमाडौं – ‘रोड टू यूएफसी सिजन –५’ अन्तर्गत युजिल्यान्डका कासिब

नर्वेका राजा हेराल्डको निधन, छोरा हाकोनले सम्हाले राजगद्दी

ओस्लो– नर्वेका राजा हेराल्डको ८९ वर्षको उमेरमा शुक्रबार निधन भएको