गृहमन्त्रीले भेट्न नमानेपछि सिंहदरबार गेटमै धर्ना बसे बिनु र निहारिका (तस्बिरहरू) « Khabarhub

गृहमन्त्रीले भेट्न नमानेपछि सिंहदरबार गेटमै धर्ना बसे बिनु र निहारिका (तस्बिरहरू)


२९ असार २०८३, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


312
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- न्याय माग्न खोज्दा गृहमन्त्री भेट्न नमानेको भन्दै निहारिका राजपुत र बिनु यादवले निषेधित क्षेत्र तोकिएको सिंहदरबारको दक्षिण गेटमा धर्ना दिएका छन् ।

न्याय माग्न खोज्दा गृहमन्त्री सुधन गुरुङले भेट्न नमानेको भन्दै निहारिका राजपुत र बिनु यादव सिंहदरबारको दक्षिण गेट बाहिरै सडकमा धर्ना बसेका हुन्। असारको चुहुँदो झरीमा उनीहरू दुवै दक्षिण गेटमा पल्टिएर धर्ना दिएका हुन् ।

बलात्कारको आरोप लगाउँदै शिवराज श्रेष्ठलाई निहारिकाले मुद्दा हालेकी थिइन् । निहारिका र शिवबीच १७ माघ २०७९ मा जिल्ला अदालत धनुषाका न्यायाधीश ब्रजेश प्याकुरेलको रोहबरमा मुलुकी देवानी कार्यविधि संहिता २०७४ को दफा १९३ (४) बमोजिम मिलापत्र भएको थियो ।

निषेधित क्षेत्रमा धर्ना बसेपछि उनीहरूलाई अहिले प्रहरीले गेट अगाडिबाट हटाएर नजिकै राखिदिएको छ।

तस्बिरहरू: नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : २९ असार २०८३, सोमबार  २ : ५७ बजे

राष्ट्रपति पौडेलद्वारा विभिन्न शक्तिपीठमा पूजाआराधना एवं दर्शन

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले शारदीय नवरात्रका अवसरमा काठमाडौँ उपत्यकाका विभिन्न

फ्रान्समा हिंसा : गृहमन्त्रीको राजीनामा अस्वीकार गरेका म्याक्रों खाडीतिर

काठमाडौँ- फ्रान्सका प्रमुख शहरहरूमा हालै भएको व्यापक हिंसात्मक प्रदर्शन, तोडफोड

आरुघाटको बेलीब्रिज निर्माण सम्पन्न, सेनाद्वारा हस्तान्तरण

काठमाडौं- धादिङ र गोरखा जिल्लालाई आपसमा जोड्ने मुख्य सडक सञ्जालमा

एम्बुलेन्सबाट पाँच क्विन्टलभन्दा बढी गाँजा बरामद

सुनसरी- दुहबी नगरपालिका–६ स्थित बूढी खोलाको किनारबाट प्रहरीले पाँच क्विन्टलभन्दा

केन्यामा इबोला सङ्क्रमित आठ पुगे

नैरोबी- केन्यामा इबोला सङ्क्रमितको सङ्ख्या आठ पुगेको छ । स्वास्थ्य