मुलुकलाई केन्द्रमा राखेर प्रमुख प्रतिपक्षीको भूमिका निर्वाह गर्छौँ : आङ्देम्बे « Khabarhub

मुलुकलाई केन्द्रमा राखेर प्रमुख प्रतिपक्षीको भूमिका निर्वाह गर्छौँ : आङ्देम्बे


२९ असार २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले मुलुकलाई केन्द्रमा राखेर प्रतिनिधिसभामा प्रमुख प्रतिपक्षी दलका रूपमा रचनात्मक र सक्रिय भूमिका निर्वाह गर्ने बताएका छन् ।

पार्टी संसदीय दलको कार्यालयमा आज संसदीय मामिला विषयमा कलम चलाउने पत्रकारहरूसँगको छलफलमा उनले मुलुकलाई केन्द्रमा राखेर सत्तापक्षलाई पनि संसद् र जनताप्रति उत्तरदायी बनाउनेमा सकारात्मक भूमिका निर्वाह गर्ने बताए । 

संसदीय समितिलाई अनिर्णयको बन्दी बन्न नदिन पनि सबै प्रतिपक्षी दललाई समेटेर कांग्रेस अघि बढ्ने नेता आङ्देम्बेको भनाइ छ । 

‘प्रमुख प्रतिपक्षी दलका नाताले सबै विपक्षीलाई समेटेर विमति राख्दै संसद्मा दैनिक कार्यसूची अघि बढाउन पनि सहयोग गरिएको छ । संसद्मा प्रश्न राख्ने, प्रस्ताव दर्ता गराउने र समितिको गाम्भीर्यतालाई मनन गरी काम गर्छौँ, सत्तापक्षलाई सदन र जनताप्रति उत्तरदायी बनाउनतर्फ सकारात्मक भूमिकामा रहन्छौँ,’ उनले भने । 

कांग्रेस प्रमुख सचेतक वासना थापाले संसद्को प्रभावकारिताका लागि दलले यस्ता छलफललाई निरन्तरता दिनुपर्ने धारणा राखिन् । 
 

प्रकाशित मिति : २९ असार २०८३, सोमबार  ४ : ३७ बजे

भोटेकोशी बगरमा शव खोज्दै सेना-प्रहरी, आँखामा त्रास र मनमा आशा बोकेर कुर्दैछन् आफन्त

काठमाडौं- बुधबार रसुवाको भोटेकोशी हुँदै त्रिशूलीमा आएको विनाशकारी बाढीले ठूलो

फाइट जितेपछि रवीन्द्रको आग्रह – नेपालमा बाढीले गाह्रो छ, सहयोग गर्नुस्

काठमाडौं – ‘रोड टू यूएफसी सिजन-५’ अन्तर्गत युजिल्यान्डका कासिब मोर्डोचलाई

नेपाल चेम्बरद्वारा प्रहरीलाई १७ वटा ‘सर्भिलेन्स ड्रोन’ हस्तान्तरण

काठमाडौं– नेपाल चेम्बर अफ कमर्सले विपद्बाट प्रभावित नागरिकको उद्धार, राहत तथा

कासिबलाई हराउँदै फाइनलमा रवीन्द्र

काठमाडौं – ‘रोड टू यूएफसी सिजन –५’ अन्तर्गत युजिल्यान्डका कासिब

नर्वेका राजा हेराल्डको निधन, छोरा हाकोनले सम्हाले राजगद्दी

ओस्लो– नर्वेका राजा हेराल्डको ८९ वर्षको उमेरमा शुक्रबार निधन भएको