कालिकोटमा बढ्दै एचआईभी सङ्क्रमित « Khabarhub

कालिकोटमा बढ्दै एचआईभी सङ्क्रमित


२९ असार २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

मान्म– पछिल्लो पटक कालिकोटमा एचआईभी सङ्क्रमितको सङ्ख्या ७५ पुगेको छ ।

कालिकोटस्थित एन्टि रेट्रोभाइरल थेरापी (एआरटी) का अनुसार अन्यत्र जिल्लाबाट यहाँ बसाइ आएका एचआइभी सङ्क्रमितको सङ्ख्या १८ रहेको छ । हालसम्म एचआइभी सङ्क्रमितको कूल दर्ता सङ्ख्या ७५ रहेको छ । 

जिल्लामा सबैभन्दा बढी सङ्क्रमित नरहरिनाथ गाउँपालिकाका रहेको शाहीले जानकारी दिए । उनका अनुसार नरहरिनाथ गाउँपालिकामा ३२ जना सङ्क्रमित रहेका छन्, जसमा १३ पुरुष, १६ महिला, एक बालक र दुई बालिका रहेका छन् । 

खाँडाचक्रमा–१०, तिलागुफामा– तीन, रासकोटमा नगरपालिकामा–दुई शुभकालिका दुई, सान्नीत्रिवेणमा चार पचालझरनामा एक पलाँता गाउँपालिकामा तीन जना सङ्क्रमित रहेको फोकल पर्सन शाहीले बताए।

‘जिल्लामा अहिले निःशुल्क एआरटी सेवा उपलब्ध गराउँदै आएको छ’,  उनले भने, ‘समयमै परीक्षण, नियमित औषधि सेवन र चिकित्सकीय परामर्शले सङ्क्रमित व्यक्तिको स्वास्थ्य अवस्था राम्रो राख्न महत्वपूर्ण भूमिका रहेको छ ।’

कालिकोटमा एचआईभी सङ्क्रमितको सङ्ख्या ५७ पुग्नुले समुदायस्तरमै थप सतर्कता, नियमित परीक्षण, सुरक्षित यौन व्यवहार र कलंकमुक्त समाज निर्माणको आवश्यकता रहेको जिल्ला स्वास्थ्य सेवा कार्यालय कालीकोटले जनाएको छ । 

प्रकाशित मिति : २९ असार २०८३, सोमबार  ६ : ४३ बजे

राष्ट्रपति पौडेलद्वारा विभिन्न शक्तिपीठमा पूजाआराधना एवं दर्शन

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले शारदीय नवरात्रका अवसरमा काठमाडौँ उपत्यकाका विभिन्न

फ्रान्समा हिंसा : गृहमन्त्रीको राजीनामा अस्वीकार गरेका म्याक्रों खाडीतिर

काठमाडौँ- फ्रान्सका प्रमुख शहरहरूमा हालै भएको व्यापक हिंसात्मक प्रदर्शन, तोडफोड

आरुघाटको बेलीब्रिज निर्माण सम्पन्न, सेनाद्वारा हस्तान्तरण

काठमाडौं- धादिङ र गोरखा जिल्लालाई आपसमा जोड्ने मुख्य सडक सञ्जालमा

एम्बुलेन्सबाट पाँच क्विन्टलभन्दा बढी गाँजा बरामद

सुनसरी- दुहबी नगरपालिका–६ स्थित बूढी खोलाको किनारबाट प्रहरीले पाँच क्विन्टलभन्दा

केन्यामा इबोला सङ्क्रमित आठ पुगे

नैरोबी- केन्यामा इबोला सङ्क्रमितको सङ्ख्या आठ पुगेको छ । स्वास्थ्य