कालिकोटमा बढ्दै एचआईभी सङ्क्रमित « Khabarhub

कालिकोटमा बढ्दै एचआईभी सङ्क्रमित


२९ असार २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

मान्म– पछिल्लो पटक कालिकोटमा एचआईभी सङ्क्रमितको सङ्ख्या ७५ पुगेको छ ।

कालिकोटस्थित एन्टि रेट्रोभाइरल थेरापी (एआरटी) का अनुसार अन्यत्र जिल्लाबाट यहाँ बसाइ आएका एचआइभी सङ्क्रमितको सङ्ख्या १८ रहेको छ । हालसम्म एचआइभी सङ्क्रमितको कूल दर्ता सङ्ख्या ७५ रहेको छ । 

जिल्लामा सबैभन्दा बढी सङ्क्रमित नरहरिनाथ गाउँपालिकाका रहेको शाहीले जानकारी दिए । उनका अनुसार नरहरिनाथ गाउँपालिकामा ३२ जना सङ्क्रमित रहेका छन्, जसमा १३ पुरुष, १६ महिला, एक बालक र दुई बालिका रहेका छन् । 

खाँडाचक्रमा–१०, तिलागुफामा– तीन, रासकोटमा नगरपालिकामा–दुई शुभकालिका दुई, सान्नीत्रिवेणमा चार पचालझरनामा एक पलाँता गाउँपालिकामा तीन जना सङ्क्रमित रहेको फोकल पर्सन शाहीले बताए।

‘जिल्लामा अहिले निःशुल्क एआरटी सेवा उपलब्ध गराउँदै आएको छ’,  उनले भने, ‘समयमै परीक्षण, नियमित औषधि सेवन र चिकित्सकीय परामर्शले सङ्क्रमित व्यक्तिको स्वास्थ्य अवस्था राम्रो राख्न महत्वपूर्ण भूमिका रहेको छ ।’

कालिकोटमा एचआईभी सङ्क्रमितको सङ्ख्या ५७ पुग्नुले समुदायस्तरमै थप सतर्कता, नियमित परीक्षण, सुरक्षित यौन व्यवहार र कलंकमुक्त समाज निर्माणको आवश्यकता रहेको जिल्ला स्वास्थ्य सेवा कार्यालय कालीकोटले जनाएको छ । 

प्रकाशित मिति : २९ असार २०८३, सोमबार  ६ : ४३ बजे

रसुवा बाढी प्रभावितका लागि काठमाडौंमा राहत संकलन (तस्बिरहरू) 

काठमाडौं– रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकका लागि काठमाडौंमा सर्वसाधारणले

अध्यक्षलाई गाली गरेको आरोपमा गुणराज लोहनी पार्टीबाट निष्कासित

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (बहुमत) का अध्यक्ष मण्डलका सदस्य गुणराज

देश बाढीको शोकमा डुब्दा पाँचतारेको डिनरमा स्वर्णिम, मुस्कानसहितको तस्वीरले जन्मायो बहस

काठमाडौं- देशका दुई प्रमुख नदी प्रणाली भोटेकोशी र त्रिशूलीमा आएको

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक अर्ब ९१ करोड रुपैयाँ सहयोग रकम संकलन

काठमाडौं– प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३६ घण्टा अवधिमा एक