चुमनुब्री गाउँपालिकाको राजस्व दुई करोड « Khabarhub

चुमनुब्री गाउँपालिकाको राजस्व दुई करोड


३० असार २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

गोरखा– उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकाले आन्तरिक राजस्व सङ्कलनमा उल्लेखनीय फड्को मारेको छ । चालु आर्थिक वर्ष २०८२–८३ मा दुई करोड १८ लाख राजस्व सङ्कलन गर्न सफल भएको त्यस पालिकाले जनाएको छ ।

तीन वर्षअघि जम्मा ११ लाख १२ हजार राजस्व सङ्कलन गरेको उक्त पालिकाले अघिल्लो आवमा भने एक करोड ४९ लाख ५६ हजार राजस्व सङ्कलन गरेको थियो ।

मनासलु क्षेत्र भ्रमण गर्न आउने पर्यटकबाट भ्रमणबापतको शुल्क उठाउन थालेपछि पालिकाको राजस्व सङ्कलनमा उल्लेखनीय वृद्धि भएको प्रमुख प्रशासकीय अधिकृत मनोज लामिछानेले बताए ।

पालिकाले गत आवबाट मनास्लु आउने पर्यटकबाट शुल्क लिन थालेको हो । प्रतिव्यक्ति एक हजारका दरले शुल्क उठाउने गरेको लामिछानेले जानकारी दिए । गाउँपालिकाले आव २०८०–८१ मा अन्तरिक राजस्वबापत जम्मा २७ लाख १४ हजार सङ्कलन गरेको थियो ।

‘पर्यटन शुल्कसँगै पालिकाले नदीजन्य सामग्री उत्खननबापतको कर सङ्कलनलाई पनि व्यवस्थित बनाएको छ’, उनी भन्छन्, ‘पहिले चिट काटेर कर उठाइन्थ्यो, जसले राजस्व चुहावट हुने जोखिम बढी हुन्थ्यो । अहिले भने अनलाइनमार्फत नै कर सङ्कलन सुरु गरेका छौँ ।’

यस्तै गत वर्षबाट मात्रै गाउँपालिकाले पालिकाको कार्यालयमै व्यवसाय दर्ता गर्ने तथा प्यान नम्बर उपलब्ध गराउन सुरु गरेको छ । यसले पनि राजस्व वृद्धिमा थप सहयोग पुर्याएको छ ।

पर्यटनबापतको कर सङ्कलन गर्न सुरु भएसँगै पालिकाको राजस्व उल्लेखनीय रूपमा वृद्धि भएको गाउँपालिकाका अध्यक्ष निमा लामा बताउँछिन् । पर्यटन शुल्कबाट धेरै राजस्व सङ्कलन भएकाले सो राजस्व पनि पर्यटन क्षेत्रको पूर्वाधार निर्माणमा धेरै प्रयोग गर्ने अध्यक्ष लामाको भनाइ छ ।

प्रकाशित मिति : ३० असार २०८३, मंगलबार  ११ : ३२ बजे

देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु

काठमाडौं- देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु

घोडा दौड प्रतियोगितामा न्यौपाने प्रथम

जुम्ला- घोडा संरक्षण गर्ने उद्देश्यले आयोजित घोडा दौड प्रतियोगितामा छापेद्र

‘चौथो उपाध्यक्ष कप भलिबल प्रयोगिता’को उपाधि रतचुरालाई

काठमाडौँ- विजयादशमी २०८३ को अवसर पारेर सिन्धुलीको गोलञ्जोर गाउँपालिकाले आयोजना

ट्रम्पविरुद्ध अमेरिकामा ‘नो किंग्स’ प्रदर्शन

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नीतिविरुद्ध शनिबार अमेरिकाभरि आयोजित ‘नो

बेनी–दरबाङको फापरखेत पहिरोको वैकल्पिक सडक सञ्चालन

म्याग्दी- सुक्खा पहिरोले अवरुद्ध बनेको म्याग्दीको पश्चिमी भेगका तीन वटा