चीनबाट आयो मेसिन रिडेवल तास, डिभाइससहित एकजना पक्राउ « Khabarhub

चीनबाट आयो मेसिन रिडेवल तास, डिभाइससहित एकजना पक्राउ


३० कार्तिक २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–प्रहरीले तासको पत्ति चिन्ने ‘सेन्सर’जडित मेसिन रिडेवल जुवा सामग्रीसहित एकजनालाई पक्राउ गरेको छ ।

चीनबाट आयातित तासमा सेन्सरले सजिलै चिन्नसक्ने र जुवाडेले सजिलै जित्नसक्ने सामग्रीसहित एकजनालाई पक्राउ गरेको हो ।

अत्याधुनिक प्रविधियुक्त यो तास खेल्ने बेलामा जुवाडेले आ–आफ्नो मोबाइलमा ‘डिभाइस’ जडान गरी तास खेल्न सक्ने कालीमाटी वृत्तका प्रहरी नायव उपरिक्षक रुगम कुँवरले जानकारी दिएका छन् ।

उनका अनुसार मेसिन रिडेवल तासको पत्तिमा खेलाडीको संख्या ‘रिमोट’मा ‘फिक्स’ गरेपछि तास बाँडिने र बाँडिएको तासमा कुन खेलाडीले जित्छ भन्ने कुरा कानमा, आँखाको लेन्समा, कपडा, चस्मा, घडी, पर्समा जडान गरिएको डिभाइसले पत्ता लगाउने गरेको अनुसन्धानका क्रममा खुलेको छ ।

सर्लाही बरहथवाका निरबहादुर कार्कीले चीनबाट ल्याएको मेसिन रिडेवल तास काठमाडौंको स्यूचाटारबाट बरामद गरिएको हो ।

उनको साथबाट ताससँगै ३२ ओटा उपकरण पनि प्रहरीले बरामद गरेको छ । जसको मूल्य झन्डै ५० लाख रुपैयाँ बराबरको छ ।

प्रकाशित मिति : ३० कार्तिक २०७६, शनिबार  ७ : ३० बजे

पहिरो पन्छाएर नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालनमा

चितवन– नारायणगढ–मुग्लिन सडकको १५ ठाउँमा खसेको पहिरो हटाएपछि यातायात सञ्चालन

मध्यपूर्व तनावबीच लेबनान-इजरायलबीच रोममा नयाँ वार्ता

रोम– अमेरिकी मध्यस्थतामा लेबनान र इजरायलबीच मंगलबार इटालीको राजधानी रोममा

सरकारलाई सभामुखको निर्देशन- मनसुनजन्य घटनाको प्रभावकारी पूर्वतयारी गर्नू

काठमाडौं– सभामुख डोलप्रसाद अर्यालले मनसुनजन्य घटनाको प्रभावकारी पूर्वतयारी गर्न सरकारलाई

चितवनको पुँजीगत खर्च ५८ प्रतिशत

चितवन– जिल्लाको विकासका लागि विनियोजित बजेटमध्ये ५८ दशमलब ४१ प्रतिशत

‘सार्वजनिक खरिद ऐन संशोधन पूर्वाधार विकासका लागि कोशेढुंगा’

काठमाडौं – नेपाल निर्माण व्यवसायी महासंघले सार्वजनिक खरिद ऐन, २०६३ को दोस्रो