मिर्गौलाको थप उपचारका लागि प्रधानमन्त्री ग्राण्डी अस्पतालमा « Khabarhub

मिर्गौलाको थप उपचारका लागि प्रधानमन्त्री ग्राण्डी अस्पतालमा


३० कार्तिक २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओली मिर्गौला सम्बन्धी थप उपचारका लागि आज शनिवार ग्रान्डी अस्पताल पुगेका छन् ।

आफ्नो स्वास्थ्यबारे प्रधानमन्त्री ओलीले शुक्रबारको मन्त्रिपरिषद्को बैठकलाई समेत जानकारी गराएका थिए । प्रधानमन्त्री ओलीलाई डाक्टरले मिर्गौलामा राखिएको स्टेन्ट निकाल्नका लागि शनिबार अस्पताल बोलाएको थियो ।

कात्तिक १२ र १३ गते डायलासिस गर्दा ओलीको मिर्गौलामा स्टेन्ट राखिएको थियो । त्यसपछि उनी डाक्टरहरूको नियमित निगरानीमा रहँदै आएका छन् ।

शनिबार उनको नियमित जाँच समेत हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री ओलीले नियममित डायलासिस गर्ने अवस्थाको विकल्पका लागि मिर्गौला फेर्ने मनस्थिति बनाएका छन् । त्यस विषयमा उनले आफू निकट व्यक्ति एवं डाक्टरहरूसँग परामर्श समेत लिइरहेका छन् ।

प्रधानमन्त्री ओलीले १२ वर्षअघि भारतको एपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गराएका थिए । त्यसपछि उनले नियमित रुपमा मिर्गौलासम्बन्धी उपचार गराउँदै आएका छन् ।

उपचारका क्रममा उनले गत साउनमा र भदौमा सिंगापुरको नेसनल युनिभर्सिटी अस्पतालमा उपचार गराएका थिए ।

प्रकाशित मिति : ३० कार्तिक २०७६, शनिबार  ९ : ३८ बजे

काठमाडौं चौथोमै सीमित, लुम्बिनीले फाइनल खेल्न विराटनगरलाई हराउनुपर्ने

काठमाडौं – नेपाल प्रिमिर लिग (एनपीएल) सिजन २ अन्तर्गत बुधबार

पहिचान पक्षधर चार पार्टीबीच एकता

बनियानी– पहिचान पक्षधर चार वटा राजनीतिक पार्टीबीच आज एकता भएको

स्रोत नखुलेको सात लाख रुपैयाँसहित एक जना पक्राउ

सिरहा– यहाँको बरियारपट्टी गाउँपालिका–२ मा प्रहरीले स्रोत नखुलेको नगदसहित एक जनालाई