मिर्गौलाको थप उपचारका लागि प्रधानमन्त्री ग्राण्डी अस्पतालमा « Khabarhub

मिर्गौलाको थप उपचारका लागि प्रधानमन्त्री ग्राण्डी अस्पतालमा


३० कार्तिक २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओली मिर्गौला सम्बन्धी थप उपचारका लागि आज शनिवार ग्रान्डी अस्पताल पुगेका छन् ।

आफ्नो स्वास्थ्यबारे प्रधानमन्त्री ओलीले शुक्रबारको मन्त्रिपरिषद्को बैठकलाई समेत जानकारी गराएका थिए । प्रधानमन्त्री ओलीलाई डाक्टरले मिर्गौलामा राखिएको स्टेन्ट निकाल्नका लागि शनिबार अस्पताल बोलाएको थियो ।

कात्तिक १२ र १३ गते डायलासिस गर्दा ओलीको मिर्गौलामा स्टेन्ट राखिएको थियो । त्यसपछि उनी डाक्टरहरूको नियमित निगरानीमा रहँदै आएका छन् ।

शनिबार उनको नियमित जाँच समेत हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री ओलीले नियममित डायलासिस गर्ने अवस्थाको विकल्पका लागि मिर्गौला फेर्ने मनस्थिति बनाएका छन् । त्यस विषयमा उनले आफू निकट व्यक्ति एवं डाक्टरहरूसँग परामर्श समेत लिइरहेका छन् ।

प्रधानमन्त्री ओलीले १२ वर्षअघि भारतको एपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गराएका थिए । त्यसपछि उनले नियमित रुपमा मिर्गौलासम्बन्धी उपचार गराउँदै आएका छन् ।

उपचारका क्रममा उनले गत साउनमा र भदौमा सिंगापुरको नेसनल युनिभर्सिटी अस्पतालमा उपचार गराएका थिए ।

प्रकाशित मिति : ३० कार्तिक २०७६, शनिबार  ९ : ३८ बजे

महासंघको यातायात तथा पारवहन समिति उपसभापतिमा मेघराज पौडेल मनोनीत

काठमाडौं– अटोमोबाइल व्यवसायमा लामो समयदेखि सक्रिय मेघराज पौडेललाई नेपाल उद्योग वाणिज्य

ऊर्जाका आयोजनाको निर्माणमा अवरोध गर्ने कांग्रेस नेता–कार्यकर्तालाई कारबाही गर्छौं : गगन थापा

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापाले जलविद्युत तथा ऊर्जाका निर्माणाधीन

 कम्पनी दर्तासम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न

काठमाडौं– स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु), नेपाल ल क्याम्पसको आयोजनामा ‘कम्पनी

अविरल वर्षाका कारण देशका दर्जनौँ सडक अवरुद्ध, कहाँको अवस्था कस्तो छ ?

काठमाडौं– बिहीबारदेखि परेको अविरल वर्षाका कारण देशभरीका दर्जनौं सडक अवरुद्ध

एनपीएलको जोश बढाउँदै एक्सट्रीम : ७ टोली, ७ गेट

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) सिजन ३ सुरु हुनुअघि नै एक्सट्रीम