रोमाञ्चक बन्दै गोल्डेन बुटको होड, तेस्रो स्थानको खेलले बदल्न सक्छ विजेता « Khabarhub

रोमाञ्चक बन्दै गोल्डेन बुटको होड, तेस्रो स्थानको खेलले बदल्न सक्छ विजेता


१ श्रावण २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


144
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– २०२६ फिफा विश्वकपको उपाधि दौडबाट फ्रान्स र इङ्ग्ल्यान्ड बाहिरिए पनि गोल्डेन बुटको प्रतिस्पर्धा भने अझै समाप्त भएको छैन। 

तेस्रो स्थानका लागि हुने फ्रान्स र इङ्ग्ल्यान्डबीच आइतबार हुने खेलले प्रतियोगिताको सर्वाधिक गोलकर्ताको नाम परिवर्तन गर्न सक्ने सम्भावना छ।

विश्वकपमा तेस्रो स्थानका लागि हुने खेलमा गरिएका गोल पनि आधिकारिक तथ्यांकमा समावेश हुने भएकाले फ्रान्सका कप्तान किलियन एमबाप्पे, इङ्ग्ल्यान्डका ह्यारी केन र जुड बेलिङ्घमसँग गोल संख्या बढाउने अन्तिम अवसर हुनेछ।

हाल अर्जेन्टिनाका कप्तान लियोनेल मेस्सी र एमबाप्पे समान ८ गोलसहित गोल्डेन बुटको शीर्ष स्थानमा छन्। केन र बेलिङ्घमले ६–६ गोल गरेका छन् भने फ्रान्सका उस्मान डेम्बेले ५ गोलसहित प्रतिस्पर्धामा छन्।

तेस्रो स्थानका लागि फ्रान्स र इङ्ग्ल्यान्डबीचको खेल विश्वकप फाइनलअघि हुने भएकाले एमबाप्पेसँग मेस्सीभन्दा अघि निस्कने अवसर रहनेछ। 

यदि उनले गोल संख्या बढाए भने मेस्सीमाथि दबाब पर्नेछ। यद्यपि त्यसपछि स्पेनविरुद्धको फाइनलमा मेस्सीसँग फेरि अग्रता लिने अवसर हुनेछ।

यदि मेस्सी र एमबाप्पे समान गोलमै प्रतियोगिता टुंग्याए भने फिफाको नियमअनुसार सर्वप्रथम असिस्टको संख्या हेरिन्छ। त्यसमा पनि बराबरी भए कम समय खेलेर समान गोल गरेका खेलाडीलाई गोल्डेन बुट प्रदान गरिन्छ।

विश्वकप इतिहासमा तेस्रो स्थानको खेलले गोल्डेन बुटको विजेता तय गरेका उदाहरण पनि छन्। सन् १९९० को इटाली विश्वकपमा साल्भाटोरे स्किलाचीले इङ्ग्ल्यान्डविरुद्ध गोल गर्दै ६ गोलसहित गोल्डेन बुट जितेका थिए। 

त्यसैगरी १९९८ को फ्रान्स विश्वकपमा डाभोर शुकेरले नेदरल्यान्ड्सविरुद्ध गोल गर्दै ६ गोलसहित सर्वाधिक गोलकर्ताको सम्मान हात पारेका थिए।

त्यसैले यसपटक पनि फ्रान्स र इङ्ग्ल्यान्डबीचको तेस्रो स्थानको खेलले गोल्डेन बुटको दौडमा अन्तिम क्षणसम्म रोमाञ्चक मोड ल्याउन सक्ने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : १ श्रावण २०८३, शुक्रबार  १२ : १२ बजे

अर्थमन्त्री वाग्ले भारत भ्रमण सकेर स्वदेश फर्किए

काठमाडौं – अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर

मध्यावधि चुनावअघि ट्रम्पले सार्वजनिक गरे २५ ‘शीर्ष उपलब्धि’

वासिङटन – राष्ट्रपति डोनाल्ड ट्रम्पले शरणार्थी भर्ना पूर्ण रूपमा रोकेको

कोरला नाकाबाट भित्रिन थाले भेडाच्याङ्ग्रा

मुस्ताङ – नेपाल–चीन उत्तरी कोरला नाकाबाट पहिलो पटक भेडाच्याङ्ग्रा भित्रन

देवानगञ्ज घटनाबारे प्रहरीको आग्रह – यथार्थ बुझेर मात्र समाचार सम्प्रेषण गर्नू

इनरुवा – सुनसरीको देवानगञ्ज गाउँपालिका–१ मध्येहर्षाहीस्थित बीपी चोकमा भएको झडपको

काठमाडौं उपत्यकामा राति चल्ने बस बढाइयो, ६ रुटमा २८ विद्युतीय बस (तस्बिरहरू)

काठमाडौं – साझा यातायातले काठमाडौं उपत्यकामा रात्रिकालीन सार्वजनिक यातायात सेवा