सुदूरपश्चिम रोयल्सको व्यवस्थापन टोली सार्वजनिक, सुनिल थापा लगातार दोस्रो सिजन टिम म्यानेजर « Khabarhub

सुदूरपश्चिम रोयल्सको व्यवस्थापन टोली सार्वजनिक, सुनिल थापा लगातार दोस्रो सिजन टिम म्यानेजर


२ श्रावण २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल) फ्रेन्चाइज टोली सुदूरपश्चिम रोयल्सले शुक्रबार आगामी सिजनका लागि आफ्नो व्यवस्थापन टोली सार्वजनिक गरेको छ।

टोलीले लगातार दोस्रो संस्करणका लागि युवा खेल प्रशासक सुनिल थापालाई टिम म्यानेजरको जिम्मेवारीमा निरन्तरता दिएको हो।

२६ वर्षीय थापा पछिल्ला केही वर्षदेखि नेपाली क्रिकेटको व्यवस्थापन र विकास क्षेत्रमा सक्रिय रहँदै आएका छन्। उनी स्वयं पनि क्रिकेट खेलाडी रहिसकेका छन् भने विभिन्न राष्ट्रियस्तरका क्रिकेट प्रतियोगिताको सफल व्यवस्थापन गर्दै खेल प्रशासनमा अनुभव हासिल गरेका छन्।

थापाले बीबीए कप क्रिकेटदेखि कलेज क्रिकेट लिगसम्मका प्रतियोगिता सञ्चालन तथा व्यवस्थापन गरिसकेका छन्। क्रिकेट व्यवस्थापन क्षेत्रमा थप दक्षता अभिवृद्धि गर्ने क्रममा उनले राजस्थान रोयल्सबाट स्पोर्ट्स म्यानेजमेन्टसम्बन्धी विशेष प्रशिक्षणसमेत पूरा गरेका छन्।

उनको अनुभव, नेतृत्व क्षमता र व्यवस्थापकीय दक्षतालाई मूल्यांकन गर्दै सुदूरपश्चिम रोयल्सले उनलाई दोस्रो सिजन पनि टोली व्यवस्थापकको जिम्मेवारी दिएको जनाएको छ।

सुदूरपश्चिम रोयल्सले नयाँ सिजनका लागि व्यवस्थापन टोलीलाई थप मजबुत बनाउने उद्देश्यसहित अनुभवी र दक्ष व्यक्तिहरूलाई निरन्तरता दिएको बताएको छ। टोलीले आगामी एनपीएल संस्करणमा उत्कृष्ट प्रदर्शन गर्दै उपाधि जित्ने लक्ष्यका साथ तयारीलाई तीव्र बनाइरहेको जनाएको छ।

प्रकाशित मिति : २ श्रावण २०८३, शनिबार  ३ : ५१ बजे

स्विट्जरल्यान्डमा बस दुर्घटना

एजेन्सी– पूर्वी स्विट्जरल्यान्डमा ४८ जना डच पर्यटक सवार कोच दुर्घटना

प्रधानमन्त्रीलाई गगनले भने- निजी क्षेत्रप्रतिको दृष्टिकोण सकारात्मक देखिएन 

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापाले प्रधानमन्त्रीको निजी क्षेत्रप्रतिको दृष्टिकोण

ब्रिक्स शिखर सम्मेलनमा युद्ध र विश्व व्यापार मुख्य एजेन्डा

नयाँदिल्ली- रुसी राष्ट्रपति भ्लादिमिर पुटिन ११ सदस्यीय ब्रिक्स शिखर सम्मेलनमा सहभागी

अर्थतन्त्र गतिशील बनाउन पाँच ‘विशेष प्याकेज’ अघि बढाउँदै सरकार

काठमाडौं– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारले अर्थतन्त्रलाई चलायमान बनाउन पाँचवटा

ब्रिक्स शिखर सम्मेलनका कारण नयाँदिल्लीमा कडा सुरक्षा

नयाँदिल्ली-  ब्रिक्स शिखर सम्मेलनका लागि नयाँदिल्लीमा कडा सुरक्षा व्यवस्था लागू गरिएपछि