संसारकै महंगो घडी, मूल्यमात्र ३ अर्ब ५८ करोड रुपैयाँ « Khabarhub

संसारकै महंगो घडी, मूल्यमात्र ३ अर्ब ५८ करोड रुपैयाँ


३० कार्तिक २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धेरै मानिसमा घडीको शौख हुन्छ । घडीले समयबारे सही जानकारी दिने मात्र होइन, ब्यक्तित्व विकासमा पनि मद्दत गर्छ ।

अझ लग्जरी ब्राण्डका घडीले त धेरै मानिसलाई आर्कषित समेत गर्दछ । यस्ता लग्जरी ब्राण्डका घडीका मूल्य निकै महंगो पर्ने गर्दछ । लग्जरी ब्राण्डका एउटै घडीको मूल्य, हजारौँ, लाखौँसम्म पर्छ । तर एउटा घडीको मात्रै मूल्य ३ अर्ब ५८ करोड पर्‍योभन्दा जोकोहीलाई पत्याउन मुस्किल पर्छ ।

जेनेभामा शनिबार स्विस लक्जरी ब्राण्डको पतेक फिलिपद्वारा लिलामीमा राखिएको एउटा घडीको मूल्य ३१ मिलियन डलरभन्दा बढी परेको हो ।

जसको नेपाली मूल्य ३ अर्ब ५८ करोड ८ हजार ८ सय हुन्छ । लिलामीमा राखिएको ग्राण्डमास्टर शाइम ६३००ए–०१० घडीलाई अहिलेसम्म नाडीमा लगाइएको छैन ।

स्टेनलेस स्टीलद्वारा निर्मित उक्त घडीको एक मात्र संस्करण रहेको छ । जसको अर्लाम उपडायलका लागि विशेष शिलालेख मानिएको छ । कालो र गुलाबी सुन र १८ क्यारेटको सोलिड गोल्ड डायलको प्लेट्स छ । जसमा हातद्वारा सिलाइएको गोहीको छालाबाट ब्याण्ड बनाइएको छ ।

उक्त घडी लिलामी गर्नुको उद्देश्य डचेने मस्क्यूलर डिस्ट्राफी नामक बिमारीको अनुसन्धानका लागि खर्च गर्ने रहेको छ ।

प्रकाशित मिति : ३० कार्तिक २०७६, शनिबार  १ : ३८ बजे

बजेट अभावमा म्याग्दीका बहुवर्षीय सडक आयोजना प्रभावित

म्याग्दी– बजेट अभावका कारण गण्डकी प्रदेश सरकारमार्फत जिल्लामा सञ्चालित रणनीतिक

तेल भण्डार थप खोल्न जापानको आग्रह

एजेन्सी– मध्यपूर्वमा जारी द्वन्द्वका कारण विश्व ऊर्जा सुरक्षामा बढ्दो दबाब

सडकमा बसेर जनताको सरकार चलाउँछौँ : कुलमान घिसिङ

काठमाडौं– उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले सडकमा बसेर आम

अमेरिका-इरान वार्ता संकेतबीच मिसाइल प्रहार

एजेन्सी– अमेरिका र इरानबीच सम्भावित वार्ताका संकेतहरू देखिइरहेका बेला इरानले

तल्लो सेती जलविद्युत् : आवासका लागि जग्गा अधिग्रहण

दमौली– तनहुँमा निर्माण हुने १२६ मेगावाट क्षमताको तल्लो सेती जलविद्युत्