तोरीको तेलका पाँच फाइदा | Khabarhub Khabarhub

तोरीको तेलका पाँच फाइदा


३० कार्तिक २०७६, शनिबार  

पढ्न लाग्ने समय : 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

भान्सादेखि पूजाआजा तथा शरीरको मालिससम्म तोरीको तेलको प्रयोग हुन्छ । तोरीको तेल स्वादका कारण धेरै व्यक्तिमाझ लोकप्रिय छ ।

तोरीको तेलमा ६० प्रतिशत मोनोस्याचुरेटेड फ्याट २१ प्रतिशत पोलीअनस्याचुरेटेड फ्याट र १२ प्रतिशत स्याचुरेटेड फ्याट पाइन्छ । यसमा कार्बोहाइड्रेट, फाइबर, प्रोटिन, भिटामिन र मिनरल पाइदैन ।

एक चम्चा तोरीको तेलमा ०.८ ग्राम ओमेगा ३ फ्याटी एसिड पाइन्छ । यस्तै, एक टेबलचम्चा तेलमा १२४ क्यालोरी पाइन्छ । जसमा १४ ग्राम फ्याट हुन्छ । यसले मानव शरीरमा धेरै प्रकारका फाइदाहरु पुर्‍याउने गर्दछ । तोरीको तेलको फाइदा निम्न छन् :

१. चिसोमा उपयोगी

तोरीको तेलमा शरीरलाई तातो बनाउने तत्व हुन्छ, जसले श्वासप्रश्वास नलीलाई सफा पार्ने काम गर्छ । रुघामा तातो पानीमा जिरा र केही चम्चा तोरीको तेल हालेर बाफ लिदाँ रुघा निको हुन्छ र घाँटी सफा हुन्छ ।

२. बाहिरी दुखाईमा उपयोगी

तोरीको तेलले नियमित मसाज गर्दा शरीरमा रक्त सञ्चार बढाई शरीरका बाहिरी दुखाईलाई कम गर्छ । यसले जोर्नी दुख्ने र बाथको समस्याका लागि समेत उपयोगी हुन्छ । यसमा हुने ओमेगा थ्रि फ्याटी एसिडले बाथसम्बन्धी दुखाई कम गर्छ ।

३. क्यान्सरमा उपयोगी

तोरीको तेलमा क्यान्सरविरुद्ध लड्ने तत्व पाइन्छ । तोरीको तेलमा हुने लिनोलेनिक एसिड ओमेगा थ्रि फ्याटी एसिडमा परिवर्तन हुन्छ, जसले पेट तथा कोलोन क्यान्सर रोकथाम गर्छ ।

४. मुटुरोगका लागि लाभदायी

तोरीको तेलमा मोनोस्याचुरेटेड र पोलिअनस्याचुरेटेड फ्याटी एसिड प्रशस्त पाइन्छ । यसमा ओमेगा थ्री र ओमेगा सिक्स फ्याटी एसिड पनि हुन्छ । फ्याटी एसिडले मुटु रोगको खतरा ५० प्रतिशतले कम गर्न मद्दत पुर्‍याउँछन् ।

५. शरीरका लागि फाइदा

तोरीको तेलले मसाज गर्दा रक्त सञ्चार प्रणाली, पसिनाका ग्रन्थीसहित पाचन प्रणालीमा समेत राम्रो फाइदा पुर्‍याउँछ । नवजात शिशुलाई तोरीको तेलले मसाज गर्दा शरीर बलियो बनाउने, स्वास्थ्य राम्रो हुने गर्दछ ।

यसका साथै तोरीको तेलले दम रोगका बिरामीलाई स्वास फेर्न सहज बनाउने, मष्तिष्कको कार्यक्षमता बढाउने, दाँत सेतो पार्ने, छाला स्वस्थ बनाउने, छाला सुख्खा हुन नदिने, कपाल झर्नबाट जोगाउने, कपाल फुल्न नदिने लगायतका फाइदा हुने गर्दछ ।

प्रकाशित मिति : ३० कार्तिक २०७६, शनिबार  १ : ५० बजे

कश्मीरमा ठूलो आक्रमण- घुम्न गएका पर्यटकलाई चरमपन्थीले नाम सोधीसोधी हानेका थिए गोली

कश्मीर- सन् २०१९ मा पुलवामामा भएयताकै सबैभन्दा ठूलो चरमपन्थी आक्रमण

कश्मीरमा पर्यटकको समूहमाथि चरमपन्थीको आक्रमण, नेपालीसहित कम्तीमा २६ जनाको मृत्यु

कश्मीर- भारतको जम्मु-कश्मीरस्थित पहलगाममा मंगलबार पर्यटकमाथि अहिलेसम्कै ठूलो चरमपन्थी हमला

शिक्षक र राजावादीको आन्दोलनले ओझेलमा उद्योगी मेला, सबै स्टल बुकिङ हुनै मुस्किल

काठमाडौं– नेपाल उद्योग वाणिज्य महासंघले वैशाख २५ गतेदेखि आयोजना गर्न

नेपाल र भारतबीच अन्तरदेशीय प्रसारण लाइन विस्तार सम्झौता, भारतीय मन्त्री खट्टरले भने- नयाँ कोसेढुङ्गा

काठमाडौं- ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का र भारतका विद्युत्

आन्दोलित शिक्षकलाई निजामती कर्मचारीले साथ दिँदा सरकारलाई धक्का !

काठमाडौं- शिक्षक महासंघको नेतृत्वमा विगत २१ दिनदेखि जारी आन्दोलनको निचोड