राष्ट्र बैङ्क ऐन संशोधन विधेयकमाथि छलफल « Khabarhub

राष्ट्र बैङ्क ऐन संशोधन विधेयकमाथि छलफल


३ श्रावण २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिनिधिसभा, अर्थ समितिले नेपाल राष्ट्र बैङ्क ऐन, २०५८ लाई संशोधन गर्न बनेको विधेयकमाथि सरोकार भएका निकायका प्रतिनिधिसँग छलफल गरेको छ ।

समितिको आजको बैठकमा उक्त विधेयकका सम्बन्धमा नेपाल बैङ्कर्स सङ्घ र बैङ्क तथा वित्तीय संस्था परिसङ्घका पदाधिकारीसँग छलफल भएको समितिका सचिव लक्ष्मण अर्यालले जानकारी दिए । छलफलमा अर्थ, कानुन न्याय तथा संसदीय मामिला मन्त्रालय र नेपाल राष्ट्र बैङ्कका प्रतिनिधि पनि सहभागी थिए ।

सरकारले गत जेठ ११ गते सो विधेयक सङ्घीय संसद्मा दर्ता गराएको थियो । मुलुकको मौद्रिक तथा वित्तीय प्रणालीलाई थप सुदृढ, विश्वसनीय र समयसापेक्ष बनाउन वाञ्छनीय भएकाले राष्ट्र बैङ्क ऐनलाई संशोधन गर्न सो विधेयक तर्जुमा गरिएको अर्थ मन्त्रालयले जनाएको छ ।
 

प्रकाशित मिति : ३ श्रावण २०८३, आइतबार  ३ : २९ बजे

सरकारको निर्णय कार्यान्वयनमा : सांसदहरूले स्वकीय सचिव राख्न पाउने

काठमाडौं – संघीय संसद्का सांसदहरूले पुनः स्वकीय सचिव नियुक्त गर्न

साउनको पहिलो सोमबारः पशुपतिनाथमा पूजा, आराधना गर्नेको घुइँचो

काठमाडौं – यस वर्षको साउनको पहिलो सोमबार आज पशुपतिनाथ मूल

यो वर्ष नयाँ कर्मचारी भर्ना नगर्ने सरकारको निर्णय

काठमाडौं – सरकारले नयाँ सङ्गठन तथा व्यवस्थापन सर्वेक्षणअनुसार स्वीकृत दरबन्दीमा

मनसुनजन्य विपद् बढेपछि कर्मचारीहरूलाई कार्यालय नछाड्न सरकारको निर्देशन

काठमाडौं – देशभर अविरल वर्षा, बाढी, पहिरो तथा अन्य मनसुनजन्य