‘इतिहासमै महान फुटबलर बन्दैछन् एमबाप्पे’ « Khabarhub

‘इतिहासमै महान फुटबलर बन्दैछन् एमबाप्पे’


२० फाल्गुन २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– खुट्टामा चोट लागेर १० हप्ताको आराममा रहेका ब्राजिलियन फुटबलर तथा पेरिस सेन्ट जर्मन (पीएसजी) का स्टार फरवार्ड नेयमारले सहकर्मी युवा स्टार किलियन एमबाप्पेको खुलेरै प्रशंसा गरेका छन् । नेयमारले एमबाप्पेको प्रशंसा गर्दै भने, ‘एमबाप्पे फुटबल इतिहासको महान खेलाडी बन्न सक्छन्।’

२०१७ मा एमबाप्पे मोनाको क्लबबाट पीएसजीमा आवद्ध भएका थिए । उनले अहिलेसम्म पीएसजीबाट ५० गोल गरिसकेका छन् । गत शनिबार पनि फ्रान्सको ‘लिग वान’ उनले कानविरुद्ध २ गोल गरे । यो सँगै उनको पीएसजीमा आबद्ध भएपछि ५० गोल पूरा गरेका हुन् ।

फ्रान्स तथा पीएसजीका स्टारको नाममा विश्वकप तथा लिग वानका २ ट्रफी एम्बाप्पेले जितेका छन् । उनले ‘कपल डे फ्रान्स’ र ‘कपल डे ला लीगा’ बाट पनि सम्मान पाएका छन् ।

“मेरो उनी (एमबाप्पे) सँग सधै राम्रो सम्बन्ध छ । चाहे त्यो मैदानमा होस् वा मैदान बाहिर,” नेयमारले गोल डटकमसँग कुराकानी गर्दै भने, “म उनलाई ‘गोल्डेन व्वाइ’ भन्छु । उनी त्यस्ता व्यक्ति हुन जो सँधै मेरो हृदयमा रहन्छन् ।’ नेयमारले एम्बाप्पे इतिहासकै महान फुटबलर बन्ने र त्यसका लागि आफूले सक्ने सहयोग गर्ने बताएका छन् ।

नेयमारले दुवै जनाले अभ्यासमा अथवा मैदानमा एटिच्युड देखाएपनि पछि एक अर्काबीच सल्लाह हुने गरेको बताउँदै भने,“हामी एक अर्का प्रति सम्मान प्रकट गछौं । उनी र मेरो पासबाटै हामीले गोल गर्ने गछौं । मेरो पासमा उनले र उनको पासमा मैले गोल गरेका खेल धेरै छन् ।’ उनले बार्सिलोनामा रहँदा लियोनल मेस्सीसँग यस्तो ‘कम्बिनेसन’ रहने गरेको पनि सुनाए ।

एमबाप्पेले अहिलेसम्म पीएसजीबाट खेलेका ७६ खेलमा ५० गोल गरेका छन्। उनले २८ गोलका लागि अवसर सिर्जना गरेका छन् ।

प्रकाशित मिति : २० फाल्गुन २०७५, सोमबार  १२ : ३८ बजे

टी–२० विश्वकप आजदेखि, उद्घाटन खेलमा पाकिस्तान र नेदरल्याण्ड्स भिड्ने

काठमाडौैं– आईसीसी टी–२० विश्वकपको १०औँ संस्करण आजदेखि भारत र श्रीलङ्कामा

खजुरा गाउँपालिकामा कानुन निर्माणले सेवा प्रवाहमा सहज

बाँके– बाँकेको खजुरा गाउँपालिकाले नयाँ कानुन बनाएर जनतालाई दिनुपर्ने सेवा

सङ्कटमा स्वास्थ्य बीमा : चलाउने की बन्द गर्ने दोधारमा सरकार

काठमाडौं- आम नागरिकलाई सहज, सुलभ र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध

सडकका खाल्डाखुल्डी पुर्न ‘रेडिमिक्स’ तयार गर्दै सडक डिभिजन

चितवन– जिल्लाका मुख्य सडकमा हुने ससाना खाल्डाखुल्डी (पोटहोल) तत्काल पूर्ववत्

फिदिम नगरपालिका पूर्ण खोप सुनिश्चित घोषित

पाँचथर– पाँचथरको फिदिम नगरपालिका पूर्णखोप सुनिश्चित नगरपालिका घोषित भएको छ