प्रदेशवासीको समस्या बुझ्न ‘हेलो सिएम’ कक्ष « Khabarhub

प्रदेशवासीको समस्या बुझ्न ‘हेलो सिएम’ कक्ष


३ श्रावण २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

बागमती– बागमती प्रदेश सरकारले प्रदेशवासीको समस्या बुझ्न तथा समाधान खोज्ने उद्देश्यले ‘हेलो सिएम’ कक्ष स्थापना गर्ने भएको छ । 

प्रदेशवासी नागरिकले भोग्नुपरेको समस्या, गुनासो र उजुरीलाई सात दिनभित्र फर्छ्यौट गर्ने गरी मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अत्याधुनिक प्रविधिसहितको हेलो सिएम कक्ष स्थापना र सञ्चालन गर्न आवश्यक बजेटको व्यवस्था गरिएको प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री प्रभात तामाङले बताए ।

प्रदेश सरकारद्वारा सञ्चालित सम्पूर्ण आयोजनाको भौतिक तथा वित्तीय प्रगतिको निरन्तर ट्रयाकिङ र ट्रेसिङ गर्नका लागि अनलाइन प्रोजेक्ट मनिटरिङ सिस्टम विकास तथा कार्यान्वयनको लागि बजेट व्यवस्था गरिएको उनले बताए ।

प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान केन्द्रको स्थापना गरी प्रदेश तथा स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीलाई प्रदान गरिने सबै प्रकारका तालिमलाई एकद्धार प्रणालीमार्फत सञ्चालन गर्ने व्यवस्था मिलाउने सरकारले तयारी गरेको छ ।

प्रदेशमा पहिचान भएका तर तर्जुमा हुन बाँकी कानुनलाई प्राथमिकताका साथ तर्जुमा गरी आर्थिक वर्ष २०८३/८४ लाई कानुन तर्जुमा वर्षका रूपमा मनाइने बताउँदै उनले प्रदेश सरकारले बनाएका नीति तथा कानुनहरूको कार्यान्वयन अवस्थाको अध्ययन एवं विश्लेषण गर्न आवश्यक रकम विनियोजन गरिएको उल्लेख गरे ।

सङ्घ, प्रदेश र स्थानीय तहबीचको समन्वय बढाउन प्रदेश तथा स्थानीय शासन सबलीकरण कार्यक्रमलाई सरकारले निरन्तरता दिइएको छ । 

मानव विकास सूचकाङ्कमा पछाडि परेका स्थानीय तहहरूलाई लक्षित गरी पालिका मानव विकास तथा आर्थिक रूपान्तरण विशेष कार्यक्रम सञ्चालन गर्न चार करोड ४९ लाख रुपैयाँ बजेट विनियोजन गरिएको मन्त्री तामाङले जानकारी दिए ।

प्रकाशित मिति : ३ श्रावण २०८३, आइतबार  ४ : ०४ बजे

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको

‘स्ट्रेट अफ होर्मुज’ खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहारन- ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको सातदिने