चार महिनामा तीन हजार ४३५ विपद्का घटना « Khabarhub

चार महिनामा तीन हजार ४३५ विपद्का घटना


४ श्रावण २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– गत वैशाखदेखि हालसम्म विपदमा परेर १६६ जनाको ज्यान गएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार यस अवधिमा कुल तीन हजार ४३५ विपद्का घटना भएका छन् ।

विपदमा परेर ९८८ जना घाइते भएका छन् । प्राधिकरणका अनुसार चार हजार ५३१ घर परिवार प्रभावित भएका छन् । सो अवधिमा सबैभन्दा बढी आगलागीका घटना भएका छन् ।

प्राधिकरणका अनुसार चार महिनामा ९१४ वटा आगलागीका घटना भएका थिए । सर्पदंशका ५३५, चट्याङ २२९, लेक लाग्नु ५५, जनावर आक्रमण १९०, हुरीबतास ४७८, पहिरो ४९५, बाढीका १७१ घटना घटेका छन् । यस्तै, भारी वर्षा १६६, डुङ्गा पल्टेर एक, डढेलो १९१, हिँउ पहिरो दुई, असिना चार र अन्य पनि चार छन् ।

त्यसैगरी, साउन २ गते बिहानदेखि ३ गते बिहानसम्म देशभर कुल ५८ वटा विपद्का घटना भएका थिए । विपदमा परेर तीन जनाको ज्यान गएको छ भने १३ जना घाइते भएका छन् । कुल ४५ जिल्ला प्रभावित भएका छन् ।

प्रकाशित मिति : ४ श्रावण २०८३, सोमबार  ९ : ५८ बजे

दसैँ बिदामा पनि चितवन मेडिकल कलेजको विशेषज्ञ सेवा सञ्चालन हुने

नारायणगढ (चितवन)- चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालले दसैँ बिदामा

अटो दुर्घटना हुँदा एक जनाको मृत्यु, सात घाइते

नवलपुर (नवलपरासी)- नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को कावासोती नगरपालिका–६ माझटोलस्थित भित्री सडकखण्डमा अटो

मङ्गलका चन्द्रमाबाट नमूना ल्याउन जापानको मिसन

टोकियो- मङ्गल ग्रहका चन्द्रमामध्ये फोबोसबाट नमूना सङ्कलन गरी पृथ्वीमा फर्काउने

देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु

काठमाडौं- देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु

घोडा दौड प्रतियोगितामा न्यौपाने प्रथम

जुम्ला- घोडा संरक्षण गर्ने उद्देश्यले आयोजित घोडा दौड प्रतियोगितामा छापेद्र