Khabarhub

रौतहटमा बसको ठक्करबाट एकजनाको मृत्यु

रौतहट– पूर्व–पश्चिम राजमार्गअन्तर्गत चन्द्रनिगाहपुरमा बसको ठक्करबाट एकजनाको मृत्यु भएको छ । सर्लाहीबाट नारायणगढतर्फ गुडेको बा ३ ख ३४५५ नम्बरको बसले आज बिहान ४ बजे चन्द्रनिगाहपुरस्थित जगत पेट्रोल पम्प नजिकै गाडीले ठक्कर दिँदा चन्द्रपुर– ५ का ५५ वर्षीय बोधनाथ पौडेलको घटनास्थलमै मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रमुख प्रहरी निरीक्षक सुशील आचार्यले जानकारी दिए ।…