समाचार Archives | Page 1204 of 7408 | Khabarhub Khabarhub

सल्यानमा बस दुर्घटना, दुई जनाको मृत्यु

दाङ– सल्यानमा बस दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ। दाङ तुलसीपुरबाट सल्यानको छत्रेश्वरी गाउँपालिका झिम्पे जयचौर जाँदै गरेको ना ६ ख ५४६३ नम्बरको बस कपुरकोट गाउँपालिका-३ मूलपानी नजिकै दुर्घटनामा परेको हो।  दुर्घटनामा मृत्यु भएकाको सनाखत हुन नसकेको प्रहरीको भनाइ छ। दुर्घटनामा चालकसहित ५ जना गम्भीर घाइते भएका छन्। बसमा करिब १६ यात्रु सवार थिए।a