मेक्सिको बस दुर्घटनामा १८ को मृत्यु « Khabarhub

मेक्सिको बस दुर्घटनामा १८ को मृत्यु


२० आश्विन २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


168
Shares
  • change font
  • change font
  • change font

ओक्साका– मेक्सिकोको ओक्साका राज्यमा शुक्रबार भएको बस दुर्घटनामा १८ जनाको मुत्यु भएको स्थानीय अधिकारीले जनाएका छन् । मृत्यु हुनेमध्ये अधिकांश आप्रवासी रहेको समेत अधिकारीले खुलाएका छन् । 

दुर्घटनामा तीन बालबालिका र दुई महिला भेनेजुएला र हाइटीका भएको ओक्साका राज्यका महान्याधिवत्ताले जानकारी दिनुभयो । दुर्घटनामा घाइते २७ जनालाई उपचारका लागि नजिकैका अस्ततालहरूमा पुर्‍याइएको छ ।  

अधिकारीहरूले सामाजिक सञ्जालमा गरेका पोष्ट तथा सीएनएनबाट प्राप्त जानकारीअनुसार पहाडी ओक्साका– कुआकनोपालन राजमार्गको घुमाउरो खण्डमा बस पल्टिएको र ठूलो क्षति भएको पुष्टि भएको छ । स्थानीय समयअनुसार बिहान पाँच बजे भएको दुर्घटनाको अनुसन्धान भइरहेको छ । 

 गत आइतबार एक बच्चासहित कम्तीमा १० जना क्युवाली आप्रवासीको मृत्यु भएपछि पछि दुर्घटना भएको हो । क्युवालीहरू यात्रा गरिरहेको ट्रक दक्षिणी मेक्सिकोमा पल्टिएको थियो । भेनेजुयला र हाइटीबाट अधिकांश आप्रवासीहरू असुरक्षा र आर्थिक सङ्कटका कारण उत्तरतर्फ यात्रा गर्ने गरेको सिएनएनले जनाएको छ ।

अमेरिका र मेक्सिकोका अधिकारीहरूले आप्रवासीहरूको आगमनलाई नियन्त्रण गर्ने प्रयास गरिरहेका छन् । वासिङ्गटनले मेक्सिको सिटीलाई मेक्सिको क्षेत्र पार गर्ने आप्रवासीका बारेमा थप जिम्मेवार बन्न दबाब दिइरहेको छ ।

खाद्यान्न अभाव र सीमित स्वास्थ्य सेवाका कारण भेनेजुयलाबाट मात्र ७७ लाखभन्दा बढी मानिस  विस्थापित भएको बताइएको छ । यो विस्थापनको सङ्ख्याले युद्धको सामना गरिरहेको युक्रेनबाट विस्थापित भएको जनसङ्ख्यालाई समेत पछाडि पारेको छ ।   

प्रकाशित मिति : २० आश्विन २०८०, शनिबार  ३ : ४४ बजे

बढ्यो त्रिविको बजेट, कुन शीर्षकमा कति?

काठमाडौँ – त्रिभुवन विश्वविद्यालय (त्रिवि) को वार्षिक बजेटमा वृद्धि भएको

‘रमणी’को खुसीमा पूर्वपतिको प्रश्नले बिगार्‍यो माहोल, एलिना चौहान आक्रोशित

काठमाडौं– नयाँ ठाउँमा आफ्नो व्यवसाय सुरु गरेको खुसी बाँड्न सञ्चारकर्मी

नयाँ बसपार्कमा गाउँ फर्किनेको बढ्यो भीड (तस्बिरहरू)

काठमाडौं– वडा दसैँ नजिकिएसँगै काठमाडौंको गोङ्गबुस्थित नयाँ बसपार्कमा घर फर्किने

खुलामञ्चबारे प्रधानमन्त्रीको टिप्पणी रवि लक्षित : महेश बस्नेत

काठमाडौं- नेकपा एमालेका सचिव महेश बस्नेतले खुलामञ्चबारे प्रधानमन्त्री वालेन्द्र शाहले

बुलेट र पल्सर लिएर मोटरसाइकल गस्तीमा प्रहरी (तस्बिरहरू)

काठमाडौं– जिल्ला प्रहरी कार्यालय बागलुङले चाडपर्वका बेलामा हुनसक्ने ठगी, चोरी–डकैती