Live on
Your Voice, Your Power
कराँची - न्युजिल्यान्डले पाकिस्तानमा भएको त्रिदेशीय शृङ्खला उचालेको छ। न्युजिल्यान्डले शुक्रबार कराँचीमा भएको दिवा रात्रि फाइनलमा पाकिस्तानलाई ५ विकेटले हराएको हो। पाकिस्तानले दिएको २४३ रनको लक्ष्य न्युजिल्यान्डले ४५.२ ओभरमा ५ विकेटको क्षतिमा भेट्टाएको थियो। न्युजिल्यान्डका लागि डारियल मिचेलले ५७ तथा टम लाथमले ५६ रनको योगदान गरे। डेभिड कोन्वे ४८ तथा केन विलिम्सन ३४ रन जोडे।…