समाचार Archives | Page 580 of 7861 | Khabarhub Khabarhub

भरूवा बन्दुकसहित एक जना पक्राउ

सिन्धुपाल्चोक- सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका-५ रतनकोटबाट एकनाले भरूवा बन्दुकसहित सोही ठाउँ बस्ने ५० वर्षीय बेम कङगेरा लामालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट सुनखानीबाट खटिएको प्रहरीले उनलाई उक्त बन्दुक बोकी हिँडिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।