Live on
Your Voice, Your Power
पार्टीको विधानले निर्धारण गरेको अवधिभित्र चौधौँ महाधिवेशन गर्न नसकेको नेपाली कांग्रेसले संविधान र कानूनले निर्धारण गरेको अवधि पनि गुजारेको छ । पार्टीको विधानले दुई महाधिवेशनबीचको अवधि बढीमा चारवर्ष निर्धारण गरेको छ । कांग्रेसको तेह्रौँ महाधिवेशन २०७२ साल फागुन २३ गते सम्पन्न भएको हो । पार्टीको विधानअनुसार २०७६ फागुन २३ गतेभित्र चौधौँ महाधिवेशन भइसक्नुपर्ने थियो ।…