Live on
Your Voice, Your Power
काठमाडौं– सिरहा र कपिलवस्तुबाट लागूऔषधसहित दुईजना पक्राउ परेका छन् । सिरहाको लहान नगरपालिका-१२ भोटिया चोकबाट अवैध लागूऔषध ब्राउनसुगर २ ग्राम ४५ मिलिग्राम र डिजिटल तराजुसहित लहान नगरपालिका-१३ बस्ने ३३ वर्षीय देवकान्त चौधरीलाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय लहान र इलाका प्रहरी कार्यालय महेशबारीबाट खटिएको संयुक्त प्रहरी टोलीले स.९ प ८२७४ नम्बरको मोटरसाइकललाई…