Live on
Your Voice, Your Power
गण्डकी- झिसमिसेमै नपुगे पुनहिलको यात्रा अधुरो हुन्छ। पुनहिल गएर सूर्योदय नहेरी के फर्कनु ! घोरेपानीमा रात काटेका आगन्तुकहरू सूर्योदय नियाल्न सखारै पुनहिलको उकालो लाग्छन्। पूर्वमा लाली चढ्दै गर्दा पुनहिल सेरोफरो आगन्तुकले ढाकिइसकेको हुन्छ। सबै सूर्योदय नियाल्न व्यग्र देखिन्छन्। चराहरूको चिरबिरसँगै विस्तारै हिमाल खुल्न थाल्छ। घामको पहिलो झुल्का हिउँचुचुरोमा पर्दाको दृश्यले मोहित तुल्याउँछ। छिनभरमै घामका कलिला…