देश/प्रदेश « Khabarhub

करेन्ट लागेर एक जनाको मृत्यु

रुपन्देही- समम्मरीमाई गाउँपालिका-४ जिगिना बस्ने ३२ वर्षीय मनगाठु लोधको करेन्ट लागेर सोमबार राति मृत्यु भएको छ । लुम्बिनी सांस्कृतिक नगरपालिका-१२ भवईस्थित निर्माणाधीन घरको इलेक्ट्रिक मोटर जडित हेन्डपाईपको हेण्डिल समाउने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको भिम अस्पताल भैरहवामा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।