देश/प्रदेश « Khabarhub

बाढी र पहिरोपछिको राजमार्ग : दृष्य एक, पीडा अनेक

मलेखु - सङ्घीय राजधानी काठमाडौँको ‘लाइफलाइन’का रुपमा पृथ्वी राजमार्गलाई लिने गरिएको छ। तीन दिनसम्म निरन्तर परेको वर्षासँगैको पहिराले पृथ्वी राजमार्गको अधिकांश स्थानमा क्षति पुगेको छ। कतै सडक पुरिएका छन् कतै भासिएका छन्। त्रिभुवन राजपथको नौबिसे नागढुङ्गा खण्डमा पर्ने झ्याप्ले खोलामा नसोचेको मानवीय क्षति भयो। एउटै पहिरोमा ३५ जनाले ज्यान गुमाए। झण्डै दर्जन सवारीसाधनहअ क्षति पुग्यो।…