देश/प्रदेश « Khabarhub

करेन्ट लागेर एक जनाको मृत्यु

सिन्धुली- तीनपाटन गाउँपालिका-१० लङ्गुर खोला बस्ने २० वर्षीय धन बहादुर लामिछानेको करेन्ट लागेर बिहीबार बिहान मृत्यु भएको छ । सोही ठाउँस्थित लङ्गुर खोलामा करेन्ट लगाई माछा मार्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको उपचारको लागि लङ्गुर खोला आधारभूत स्वास्थ्य केन्द्रतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ…