Live on
Your Voice, Your Power
काठमाडौँ– सत्तारुढ नेकपा सचिवालय बैठक स्थगित भएको छ। आइतबार दिउँसो ४ बजेलाई बोलाइएको बैठक स्थगित गरिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए। श्रेष्ठले अर्का सूचना जारी नभएसम्मका लागि बैठक स्थगित गरिएको बताए। शनिबारका लागि तोकिएको बैठक आज सारिएको थियो। प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयका चारसहित ६५ जना सुरक्षाकर्मीलाई कोरोना देखिएपछि बैठक सारिएको बुझिएको छ।