Live on
Your Voice, Your Power
काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेल अस्पतालबाट डिस्चार्ज भएका छन्। राष्ट्रपति पौडेललाई बिहान ८ बजे डिस्चार्ज गरिएको शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रले जनाएका छ। अस्पतालका कार्यकारी निर्देशक डा। चन्द्रमणि अधिकारीले विज्ञप्ति जारी गर्दै राष्ट्रपति पौडेललाई चौबीस घन्टाको अवलोकन र उपचारपछि डिस्चार्ज गरिएको जानकारी दिए। अहिले उनको स्वास्थ्य अवस्था सामान्य रहेको पनि अस्पतालले जनाएको छ।