राजनीति Archives | Page 684 of 1997 | Khabarhub Khabarhub

बागमती प्रदेशको मुख्यमन्त्रीमा जमकट्टेल नियुक्त

 हेटौंडा– बागमती प्रदेशको मुख्यमन्त्रीमा माओवादी केन्द्रका संसदीय दलका नेता शालिकराम जमकट्टेल नियुक्त भएका छन् । ७० प्रदेशसभा सदस्यको समर्थनसहित दाबी पेश गरेका जमकट्टेललाई प्रदेश प्रमुख यादवचन्द्र शर्माले मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । मंसिर ४ मा भएको प्रदेशसभा निर्वाचनमा जमकट्टेल धादिङ–१ को क्षेत्र नम्बर २ बाट प्रदेशसभामा निर्वाचित भएका थिए ।