Live on
Your Voice, Your Power
लिम्बूहरुको प्राचीन थातथलोमध्येको एक आठराई (हाल तेह्रथुम) क्षेत्रका आठ प्रमुख लिम्बूमध्येका एक हुन्, आङ्बुहाङहरु । आङ्बुहाङहरुको जमिन्दारी किपट सुवांगी ताप्लेजुङको चाँगे र हाङपाङको केही भागमा रहेको थियो । वि.सं. २०२१ को भूमिसुधारपछि उनीहरुको सुवांगी समाप्त हुनपुग्यो । आफ्नो किपट सुवांगीको विषयमा त्यसबेलाका लिम्बू सुब्बाहरुले मुद्दामामिला धाउनु तथा शासक वर्गसँग बेलाबेलामा विवाद पर्नु स्वभाविकजस्तो देखिन्थ्यो ।…