Live on
Your Voice, Your Power
काठमाडौं– स्वास्थ्य मन्त्रालय अन्तर्गतका अधिकृतस्तरका कर्मचारीलाई छात्रावृत्तीमा कोरिया जाने अवसर आएको छ । कोरियन इन्टरनेसनल को–अप्रेसन एजेन्सीको छात्रावृत्तीमा आगामी शैक्षिक सत्रका लागि ग्लोबल हेल्थ सेक्युरेटी विषयमा स्नातकोत्तर अध्ययनका लागि अवसर आएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सूचना जारी गर्दै छात्रावृत्तिमा अध्ययन गर्न इच्छुक अधिकृतस्तरका कर्मचारीलाई १५ दिन भित्र निवेदन पेस गर्न भनेको छ ।…